राष्ट्रियसभाको बैठक आज बस्दैम यस्तो छ कार्यसूची

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । अहिले बिहान ११: १५ बजे बस्ने आजको बैठकमा बजेटका विभिन्न शीर्षकमाथि उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ ।

आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, गृह मन्त्रालय, अर्थ मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, खानेपानी मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, रक्षा मन्त्रालयमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने संसद् सचिवालयले जानकारी दिएको छ ।

त्यस्तै अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त “विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस्” भन्ने प्रस्ताव आजको बैठकमा प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

Related Posts

इन्डोर सुपर लिगको फाइनलअघि सेलिब्रिटी क्रिकेट उत्सवको शानदार जित

काठमाडौं । इन्डोर सुपर लिग (ISL) सिजन–२ को फाइनलअघि आयोजित मैत्रीपूर्ण सेलिब्रिटी क्रिकेट खेलमा सेलिब्रिटी क्रिकेट उत्सवले टिम…

ByByanjana soni १ हप्ता अगाडि

Face of Nepal 2026 मा नेपालकी शीर्ष फेसन डिजाइनर सुकनिता चौलागाईं सम्मानित

  काठमाडौं । नेपाली फेसन क्षेत्रमा लामो समयदेखि सक्रिय तथा चर्चित फेसन डिजाइनर सुकनिता चौलागाईं Face of Nepal…

ByByanjana soni १ हप्ता अगाडि

ब्राइडल क्वीन २०२६’ विजेता रेनाता कट्टेल बैंककको ‘एमएस हेरिटेज इन्टरनेसनल’मा भिड्दै

  ​काठमाडौँ: ‘ब्राइडल क्वीन २०२६’ को उपाधि विजेता रेनाता कट्टेलले थाइल्यान्डको बैंककमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘एमएस…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *