• Home
  • जिवनशैली
  • रसुवा बाढीमा मृत्यु हुनेको संख्या १६५ पुग्योः बिपद प्राधिकरण
Image

रसुवा बाढीमा मृत्यु हुनेको संख्या १६५ पुग्योः बिपद प्राधिकरण

काठमाडौं, ११ भदौं । नेपाल र तिब्बतमा आएको आकस्मिक बाढी र पहिरोपछि ठूलो स्तरको आपतकालीन उद्धार कार्य जारी रहेको छ।

नेपालको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म कम्तीमा १६५ जनाको मृत्यु भएको पुष्टी भएको छ।

प्राधिकरणको पछिल्लो विवरणअनुसार ५२९ पर्यटकसहित थप ८२६ जना बेपत्ता छन्। उक्त क्षेत्रमा सञ्चालित एउटा पर्यटक समूहका अनुसार बाढी आएयता गाइड र पर्यटकसहित ४७ जना बेपत्ता छन् र उनीहरूसँग सम्पर्क हुन सकेको छैन।

चीनको सरकारी प्रसारण संस्था सिसिटीभीका अनुसार तिब्बतको ग्यिरोङ काउन्टीमा बेपत्ता हुनेहरूको संख्या ५५८ पुगेको छ, जसमा २६० विदेशी नागरिकहरू समावेश छन्, अहिलेसम्म तीन जनाको मृत्यु भएको पुष्टि भएको छ।

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार यो बाढी ‘हिमनदीको भाग खस्ने र हिलोको बहाव’का कारण आएको हो, जसले तल्लो तटीय क्षेत्रमा विनाशकारी असर पुर्‍याएको छ ।

बाढी प्रभावित क्षेत्रमा जीवितहरूको खोजी गर्न नेपाली सेनाले स्थलगत तथा हवाई खोज र उद्धार कार्यका लागि २,००० सैनिकहरू परिचालन गरिएको छ।

तिब्बततर्फ भने अनिश्चित मौसम र दुर्गम भौगोलिक बनावटका कारण उद्धार कार्य निकै चुनौतीपूर्ण बनेको चिनियाँ अधिकारीहरूले बताएका छन्।

Related Posts

इन्डोर सुपर लिगको फाइनलअघि सेलिब्रिटी क्रिकेट उत्सवको शानदार जित

काठमाडौं । इन्डोर सुपर लिग (ISL) सिजन–२ को फाइनलअघि आयोजित मैत्रीपूर्ण सेलिब्रिटी क्रिकेट खेलमा सेलिब्रिटी क्रिकेट उत्सवले टिम…

ByByanjana soni १ हप्ता अगाडि

Face of Nepal 2026 मा नेपालकी शीर्ष फेसन डिजाइनर सुकनिता चौलागाईं सम्मानित

  काठमाडौं । नेपाली फेसन क्षेत्रमा लामो समयदेखि सक्रिय तथा चर्चित फेसन डिजाइनर सुकनिता चौलागाईं Face of Nepal…

ByByanjana soni १ हप्ता अगाडि

ब्राइडल क्वीन २०२६’ विजेता रेनाता कट्टेल बैंककको ‘एमएस हेरिटेज इन्टरनेसनल’मा भिड्दै

  ​काठमाडौँ: ‘ब्राइडल क्वीन २०२६’ को उपाधि विजेता रेनाता कट्टेलले थाइल्यान्डको बैंककमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘एमएस…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *