Trending

यि हुन प्रेमलाई कसिलो र सफल बनाउँने उपायहरु

1.0kViews
0 Shares


काठमाडौं, चैत ५ गते । प्रेमलाई विभिन्न भाषामा परिभाषित गर्न सकिन्छ । प्रेमलाई जात, धर्म, परिवेश, उमेर केहीले प्रभाव पार्न सक्दैन। कसैको दबाब र हेल्चेक्य्राइँले गर्दा मात्र यी कारण प्रेमका बाधकझैं लाग्न सक्छन्, तर ती वास्तविक बाधक भने होइनन्। ‘वैरीलाई मित्र बनाउन सक्ने एउटै शक्ति प्रेम हो’ भनेका छन् मार्टिन लुथरले। प्रेमले सफल जीवन जिउन मद्दत गर्छ भने यसले जीवनशैली परिवर्तन गर्न समेत उत्तिकै महत्त्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ।सफल प्रेमले समस्याको समाधान पहिल्याउँछ, शान्ति र सन्तुष्टि दिन्छ भने असफल प्रेमले दुर्घटना निम्त्याउँछ जुन हामी सबैले देखेका, सुनेका र भोगेका कुरा हुन्।

प्रेममा द्विपक्षीय विश्वासको जग बलियो भयो भने अमृततुल्य हुन्छ तर बेमतलब र अविश्वासले कहिलेकाहीं त्यो विष पनि बन्छ।‘जहाँ प्रेम छ त्यहा जीवन छ’ भन्ने महात्मा गान्धीको भनाइले पनि प्रेमको महत्त्वलाई उजागर गरेको छ। प्रेमको न कुनै सीमा हुन्छ न कुनै मूल्य र मान्यता नै। नेपालीमा पनि एउटा भनाइ प्रचलित छ, प्रेममै सबै समस्याको समाधान छ।ज्योतिषशास्त्र अनुसार सच्चा प्रेमको खोजीमा रहेका ब्यक्तिले आफ्नो जोडी भेटिरहेका छैनन् भने केवल केही उपाय अपनाउँदा उनीहरुले खोजी अनुसारको प्रेमी पाउनेछन् । ज्योतिष विज्ञानमा साँचो प्रेम पाउन केही सजिला उपायहरु सुझाइएको छ । प्रेमलाई सफल र बलियो बनाउने उपायहरु यसप्रकार छन् ।

१. एक–अर्काको दुःखमा सहानुभूति दिनुका साथै सहयोगका लागि तत्पर रहनुपर्छ, जसले प्रेमसम्बन्धलाई अझ प्रगाढ बनाउँछ।चकलेट पनि धेरै खाँदा तीतो हुन्छ त्यसैले पलपल भेट्ने बानी राम्रो होइन। अनावश्यक शंका वा कुनै पनि निहुँमा झगडा हुन सक्छ। त्यसैले विशेष समयमा मात्र भेटघाट गर्नु राम्रो हुन्छ।दुवैको प्रेम स्वार्थहीन हुनुपर्छ। अचेल यौनआनन्द प्राप्तिका लागि प्रेमको नाटक गर्ने युवा९युवतीहरू पनि उत्तिकै छन्। यस्तो प्रेम यौन आनन्द प्राप्ति पछि टुङ्गनि सक्छ।

२.अनावश्यक शंका गर्नुहुँदैन, जसले आफ्नो प्रेमीरप्रेमिकाको मनमा अनावश्यक शंका उब्जिन सक्छ र विवाद उत्पन्न हुन्छ।एक–अर्काको गल्ती देखिनेबित्तिक्कै खुलस्त भन्नुपर्छ र कमजोरीलाई सुधार्नतर्फ लाग्नु बेस हुन्छ। गल्ती गरेकोमा सजाय दिनु र एउटै गल्तीलाई पटक–पटक भनेर होच्याउने काम गर्नुहुँदैन। किनभने गल्ती मानवीय स्वभाव हो। सोही प्रकृतिको गल्ती भने दोहोरिन दिनु हुँदैन।

३. काम बिगार्ने जस्ता अप्रिय काम भए माफी माग्ने र दिने वानीको विकास गर्नु राम्रो मानिन्छ।गल्ती गर्ने, काम बिगार्ने जस्ता अप्रिय काम भए माफी माग्ने र माफी दिने बानीको विकास गर्नुपर्छ, प्रेमीरप्रेमिकाको जन्मदिन, विशेष अवसर, चाडपर्व जस्ता अवसरमा गिफ्ट तथा शुभकामना दिन बिर्सन हुँदैन।

४.अचेल डेटिङ संस्कार फस्टाएको छ। डेटिङमा जाँदा दुवैले खर्च गर्ने बानीको विकास गर्नुपर्छ नत्र नकारात्मक भावनाको विकास हुन सक्छ।
बोलचालका हरेक शब्दमा माया झल्कने शब्दहरू प्रयोग गर्नुपर्छ, साथै सुरुमा भेट हुँदा र छुट्न लाग्दा मायालु सम्बोधन गर्नुपर्छ।

५.जीवनशैली र व्यक्तित्वमा एक–अर्काको चाहना बुझ्न सक्नुपर्छ।रिसाएका साथीलाई कसरी फकाउने श्रीमान्९श्रीमतीको सम्बन्ध जति देख्दा बलियो र अन्तरंग देखिन्छ, यो त्यति नै कमजोर पनि हुन्छ। दुवै एक९अर्कालाई माया गर्छन्। दुवै मिलेर जीवनको सबै सुख–दुःख, खुसी, आँसु बाँड्छन्। एक–अर्काको साथ र मायाको सहाराले उनीहरू जीवनका राम्रा–नराम्रा, गाह्रो सजिलो समयमा एक९अर्काको ढाल र ताकत बन्छन्।

६. त्यस्तै वास्तुशास्त्रका अनुसार सफल प्रेम पाउन आफ्नो कुण्डलीमा शुक्र ग्रहलाई बलवान पार्नुपर्छ , शुक्रका अलावा कुण्डलीको पाचौं भाव समेत बलियो पार्नुपर्छ । शुक्रवारका दिन देवी लक्ष्मीको अनिवार्य पूजा आराधना गर्ने सम्भव भएअनुसार वास्तविक गौरीशंकर रुद्राक्ष धारण गर्ने, हीरा रत्न धारण गर्र्ने, यदि यो समस्या महिलाको हकमा भए सोह्र सोमवारको व्रत बस्ने, पञ्चम भावको स्वामी ग्रहको बली गर्ने , शुक्रवार मनले चाहेको ब्यक्तिलाई गुलाबी वस्तु उपहारमा दिनेआ, फुले मन पराएको ब्यक्तिलाई शुक्रबारको दिन भेट गर्ने प्रयाश गर्ने , जन्म कुण्डलीमा कालसर्प दोषको शान्तिको उपाय गर्नु पर्छ ।।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय