यस्ताे छ आजकाे तरकारी तथा फलफुलको मुल्य
By YOUTV Nepal
३ महिना अगाडि
Comments: 0
काठमाडौ, मंसिर ०३ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबार लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ ।
जसअनुसार न्यूनतम मूल्य प्रतिकेजी अनार ४५० रुपैयाँमा खरिदबिक्री भैरहेको छ । कालो अंगुर ३८०, अम्बा १५० रुपैयाँमा खरिदबिक्री भैरहेको समितिले जनाएको छ ।
यसैगरी केरा १५० रुपैयाँ दर्जन, हरियो तरबुजा ८०, लोकल काक्रो १००, भारतीय मेवा ४० किवि र आभोकाडो २०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
समितिका अनुसार लोकल सानो गोलभेडा ६० र भारतीय ठूले गोलभेडा ९०, अदुवा १३०, रातो आलु ७५ रूपैयामा कारोबार हुदाँ स्थानीय काउली १००, लौका ५०, कागती १४०, सुकेको खुर्सानी ३८०, हरियो खुर्सानी ७०० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।
लेकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी १५० रुपैयाँमा कारोबार हुदाँ लोकल बन्दा ६०, हाइब्रीड गान्टे मूला ७० रुपैयाँमा कारोबार हुदाँ लोकल घिउ सिमी १०० र राजमा घिउ सिमी ११० रुपैयाँ, पाकेके फर्सी ३० र तराइ परवर ७० रूपैयामा खरिदबिक्र हुदैछ भने तोरीको साग ५० र रायोको साग ३०० रुपैयाँमा खरिदबिक्री हुँदा उता जिरीको साग १०० रुपैयाँमा कारोबार हुनेछ ।
गुन्द्रुक २५०, भारतीय सुकेको प्याज १२०, हरियो प्याज ९० र पुदीना ६०० रुपैयाँ केजी कायम गरेको कालिमाटी बजारले ब्रोकाउली १३०, चाइनिज सुकेको लसुन ३००, हरियो लसुन १५० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने लाम्चो भान्टा ४० र हरियो धनिया ५० रुपैयाँ पाइने समितले जनाएको छ ।
उता, ताजा छडी माछा २४० रुपैयाँमा कारोबार हुदाँ बचुवा माछा २५० र रहु माछा ३४५ रुपैयाँमा किनबेच भइरहेको छ ।
ताजा समाचार, प्रदेश नं २, समाचार
मौलापुरमा छैठौं मधानी महोत्सव आयोजना हुँदै। १ हप्ता अगाडिताजा समाचार, देश, राजनीति, समाचार
सरकार परिवर्तन हुन्छ भन्ने हल्ला अर्थहीनः प्रधानमन्त्री ३ हप्ता अगाडिताजा समाचार, प्रवास, बागमती प्रदेश, लेख-बिचार, लोकप्रिय, समाचार
चन्दा उठाएर बनाइयो कलात्मक मन्दिर १ वर्ष अगाडि