• Home
  • ताजा समाचार
  • मिडियामार्फत केम्श सिंहको आग्रह: नयाँ सरकारलाई शिक्षा सुधारका ४ बुँदे सुझाव
Image

मिडियामार्फत केम्श सिंहको आग्रह: नयाँ सरकारलाई शिक्षा सुधारका ४ बुँदे सुझाव

काठमाडौं । काठमाडौं क्षेत्र नं. ४ का प्रतिनिधि सभा उम्मेदवार केम्श सिंहले मिडियामार्फत नयाँ सरकारलाई शिक्षा क्षेत्र सुधारका लागि चार बुँदे सुझाव प्रस्तुत गरेका छन्।
सिंहले पहिलो बुँदामा प्रत्येक वडामा कम्तीमा एक नमुना विद्यालय स्थापना गरी गुणस्तरीय शिक्षामा सबैको पहुँच सुनिश्चित गर्नुपर्ने बताएका छन्।
दोस्रो बुँदामा उनले प्राविधिक तथा व्यावसायिक शिक्षालाई प्राथमिकता दिँदै सीपमूलक तालिम केन्द्र सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्, जसले युवालाई रोजगारीसँग जोड्न मद्दत गर्नेछ।
तेस्रो बुँदामा विद्यालयहरूमा विद्यार्थी सङ्ख्याको आधारमा शिक्षक दरबन्दी मिलान गर्नुपर्ने र विषयगत शिक्षक अनिवार्य व्यवस्था गर्नुपर्ने सुझाव दिएका छन्।
चौथो बुँदामा उनले शिक्षामा आधुनिक प्रविधिको प्रयोग बढाउँदै डिजिटल कक्षा सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
सिंहले यी चारै बुँदा कार्यान्वयन गरे काठमाडौं–४ मा शिक्षाको गुणस्तर सुधार हुने र सबै विद्यार्थीले समान अवसर पाउने विश्वास व्यक्त गरेका छन्।

Related Posts

इन्टरनेशनल फेसन विक २०२६ को ‘रनवे एम्बेसडर’मा रेनाटा कट्टेल

  काठमाडौं । इन्टरनेशनल फेसन विक २०२६ का लागि रेनाटा कट्टेललाई ‘रनवे एम्बेसडर’का रूपमा प्रस्तुत गरिएको छ। फेसन,…

ByByanjana soni २ घण्टा अगाडि

इन्डोर सुपर लिगको फाइनलअघि सेलिब्रिटी क्रिकेट उत्सवको शानदार जित

काठमाडौं । इन्डोर सुपर लिग (ISL) सिजन–२ को फाइनलअघि आयोजित मैत्रीपूर्ण सेलिब्रिटी क्रिकेट खेलमा सेलिब्रिटी क्रिकेट उत्सवले टिम…

ByByanjana soni १ हप्ता अगाडि

Face of Nepal 2026 मा नेपालकी शीर्ष फेसन डिजाइनर सुकनिता चौलागाईं सम्मानित

  काठमाडौं । नेपाली फेसन क्षेत्रमा लामो समयदेखि सक्रिय तथा चर्चित फेसन डिजाइनर सुकनिता चौलागाईं Face of Nepal…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *