• Home
  • ताजा समाचार
  • भ्वाइस अफ नेपाल ६ मा हरि लुँइटेलको उत्कृष्ट प्रदर्शन, चारै निर्णायकको कुर्सी घुमाउन सफल
Image

भ्वाइस अफ नेपाल ६ मा हरि लुँइटेलको उत्कृष्ट प्रदर्शन, चारै निर्णायकको कुर्सी घुमाउन सफल

भ्वाइस अफ नेपाल ६ मा हरि लुँइटेलको उत्कृष्ट प्रदर्शन, चारै निर्णायकको कुर्सी घुमाउन सफल

काठमाडौं – भ्वाइस अफ नेपाल सिजन ६ मा तेह्रथुमका हरि लुँइटेलले आफ्नो सशक्त प्रस्तुति मार्फत सबैको ध्यान आकर्षित गरेका छन्। उनको सुमधुर आवाजले चारै जना निर्णायकको कुर्सी घुमाउन सफल हुँदै उनी प्रतियोगिताको बलियो प्रतिस्पर्धीका रूपमा उदाएका छन्।

लुँइटेलले भ्वाइस अफ नेपालमा सहभागी हुन मलेसियाको आकर्षक जागिर त्यागेर नेपाल आएका हुन्। पहिलो चरण पार गर्दै उनले प्रतियोगितामा आफ्नो यात्रा सुरुवात गरिसकेका छन्।

आफ्नो प्रस्तुति प्रति दर्शकको सकारात्मक प्रतिक्रिया पाएका लुँइटेलले आगामी चरणहरूमा अझ उत्कृष्ट प्रदर्शन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले भने, “पहिलो चरण पार गर्नु मेरो लागि ठूलो उपलब्धि हो। अब जिम्मेवारी झन् बढेको छ, र म संगीत साधनामा अझै निखार ल्याउनेछु।”

प्रतियोगितामा उनको यात्रा कत्तिसम्म सफल हुन्छ भन्ने हेर्न बाँकी छ, तर हालसम्म उनको प्रस्तुति दर्शक र निर्णायकहरूका लागि लोभलाग्दो बनेको छ।

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj ४ हप्ता अगाडि

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal ४ हप्ता अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj १ महिना अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni १ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *