Trending

भारत भ्रमणमा रहेका पूर्वमन्त्री प्रभु साहको नेतृत्वमा आजपाको टोलीद्वारा गुजरातका मन्त्रीसँग भेट, नेपाली श्रमिकको सुरक्षामा विशेष जोड

2.4kViews
6 Shares

पूर्वमन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) का स्थायी कमिटी सदस्य विजय यादव निर्विज र आम उद्योग वाणिज्य संघको अध्यक्ष साजन जयसवालले भारतको गुजरात राज्यका ग्रामीण विकास, श्रम, र रोजगार मन्त्री बलवंतसिंह राजपूतसँग औपचारिक भेटघाट गरेका छन्।

गुजरातको राजधानीस्थित मन्त्रीको कार्यालयमा भएको यस भेटघाटमा दुई देशबीचको धार्मिक, सांस्कृतिक, पर्यटन, र आर्थिक सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको छ। साथै, गुजरातमा रहेका नेपाली श्रमिकहरूको सम्मान र सुरक्षाका लागि आवश्यक सहयोगका विषयमा गहन छलफल भएको जयसवालले जानकारी दिएका छन्।

मन्त्री बलवंतसिंह राजपूतले आम जनता पार्टीको विचारधाराको प्रशंसा गर्दै निकट भविष्यमा नेपाल भ्रमण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

यस भेटपछि, आजपाका स्थायी कमिटी सदस्य विजय यादव निर्विजले नेपालका विभिन्न स्थानबाट भारतका सहरहरूमा काम गरिरहेका नेपालीहरूको सम्मान र सुरक्षाका लागि शीघ्र बृहत् भेला आयोजना गरिने जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय