• Home
  • अन्तराष्ट्रिय खबर
  • भारत भ्रमणमा रहेका पूर्वमन्त्री प्रभु साहको नेतृत्वमा आजपाको टोलीद्वारा गुजरातका मन्त्रीसँग भेट, नेपाली श्रमिकको सुरक्षामा विशेष जोड
Image

भारत भ्रमणमा रहेका पूर्वमन्त्री प्रभु साहको नेतृत्वमा आजपाको टोलीद्वारा गुजरातका मन्त्रीसँग भेट, नेपाली श्रमिकको सुरक्षामा विशेष जोड

पूर्वमन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) का स्थायी कमिटी सदस्य विजय यादव निर्विज र आम उद्योग वाणिज्य संघको अध्यक्ष साजन जयसवालले भारतको गुजरात राज्यका ग्रामीण विकास, श्रम, र रोजगार मन्त्री बलवंतसिंह राजपूतसँग औपचारिक भेटघाट गरेका छन्।

गुजरातको राजधानीस्थित मन्त्रीको कार्यालयमा भएको यस भेटघाटमा दुई देशबीचको धार्मिक, सांस्कृतिक, पर्यटन, र आर्थिक सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको छ। साथै, गुजरातमा रहेका नेपाली श्रमिकहरूको सम्मान र सुरक्षाका लागि आवश्यक सहयोगका विषयमा गहन छलफल भएको जयसवालले जानकारी दिएका छन्।

मन्त्री बलवंतसिंह राजपूतले आम जनता पार्टीको विचारधाराको प्रशंसा गर्दै निकट भविष्यमा नेपाल भ्रमण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

यस भेटपछि, आजपाका स्थायी कमिटी सदस्य विजय यादव निर्विजले नेपालका विभिन्न स्थानबाट भारतका सहरहरूमा काम गरिरहेका नेपालीहरूको सम्मान र सुरक्षाका लागि शीघ्र बृहत् भेला आयोजना गरिने जानकारी दिए।

Related Posts

Face of Nepal 2026 मा नेपालकी शीर्ष फेसन डिजाइनर सुकनिता चौलागाईं सम्मानित

  काठमाडौं । नेपाली फेसन क्षेत्रमा लामो समयदेखि सक्रिय तथा चर्चित फेसन डिजाइनर सुकनिता चौलागाईं Face of Nepal…

ByByanjana soni १८ घण्टा अगाडि

ब्राइडल क्वीन २०२६’ विजेता रेनाता कट्टेल बैंककको ‘एमएस हेरिटेज इन्टरनेसनल’मा भिड्दै

  ​काठमाडौँ: ‘ब्राइडल क्वीन २०२६’ को उपाधि विजेता रेनाता कट्टेलले थाइल्यान्डको बैंककमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘एमएस…

ByByanjana soni ४ दिन अगाडि

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *