• Home
  • ताजा समाचार
  • बिनिस इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र ‘प्रकाश’ को डिजिटल राइट्स अहिलेसम्मकै महङ्गो मूल्यमा बिक्री
Image

बिनिस इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र ‘प्रकाश’ को डिजिटल राइट्स अहिलेसम्मकै महङ्गो मूल्यमा बिक्री

हालसम्म कै महङ्गो रकममा डिजिटल राइट्स बिक्री भएको निर्माता अधिकारीले बताए । डिएआर मुभिजले उक्त सिनेमाको डिजिटल राइट्स ८० लाख रुपैयाँमा खरीद गरेको हो ।

सिनेमाको भारतमा हिन्दी भाषामा डब गरेर समेत प्रदर्शन गर्ने तयारी रहेको जानकारी निर्माताले दिए । सिनेमा भारतका विभिन्न शहरमा रहेका सिनेमा हलमा नेपाली भाषामा समेत प्रदर्शन गरिनेछ ।

बिनिस इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र ‘प्रकाश’ को डिजिटल राइट्स अहिलेसम्मकै महङ्गो मूल्यमा बिक्री भएको छ ।

डिएआर मुभिजले उक्त सिनेमाको डिजिटल राइट्स खरिद गरेको हो । सिनेमा ‘प्रकाश’ निर्माता महेन्द्र अधिकारी, वितरक रोहित कट्टेल र डिएआर मुभिजका तर्फबाट सञ्चालक श्याम धितालको उपस्थितिमा सिनेमा खरिद सम्झौता गरिएको छ ।

दिनेश राउतको निर्देशन तथा अभिनेता प्रदिप खड्काको मुख्य भुमिका रहेको सिनेमामा रेनु योगी, दीया मास्के, प्रकाश घिमिरे, पवित्रा खड्का, प्रशान्त श्रेष्ठ, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दीपेन्द्र शाही लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

विकास सुवेदीको कथा रहेको सिनेमामा राजेश श्रेष्ठको छायांकन र जिवन थापाको सम्पादन रहेको छ । सिनेमामा दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत रहेको छ ।

चलचित्रको छायांकन जुम्लामा गरिएको हो । सरकारी स्कुलको शिक्षक बन्नका लागि एक यूवाले गरेको संघर्षको कथामा यो चलचित्र बनेको निर्माणपक्षले बताएको छ । लभरब्वाइको भूमिकामा देखिदै आएका नायक प्रदिप खड्कालाई दर्शकले यो चलचित्रमा फरक भूमिकामा देख्नेछन् ।स

नेमाको प्रदर्शन मिति सार्वजनिक गरिएको छैन । छिट्टै सिनेमाको पोस्टर तथा टिजर सार्वजनिक गरिने निर्माण टिमले जानकारी दिएको छ । सोही अवसरमा सिनेमाको प्रदर्शन मिति समेत घोषणा हुनेछ|

Related Posts

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal २ हप्ता अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni १ महिना अगाडि

मिलन नेवार र सुमन केसीको नयाँ गीत ‘बोली देउ’ सार्वजनिक

मिलन नेवार र सुमन केसीको नयाँ गीत ‘बोली देउ’ सार्वजनिक काठमाडौं — नेपाली सङ्गीत बजारमा प्रतीक्षित मानिएको नयाँ म्युजिक…

ByByanjana soni १ महिना अगाडि

मिडियादेखि मोडलिङसम्म: साक्षी लम्सालको बहुआयामिक यात्रा, नेपाली युवापुस्ताकी प्रेरणा

  काठमाडौं । नेपाली सञ्चार तथा मनोरञ्जन क्षेत्रमा परिचित नाम बनेकी साक्षी लम्सालले पत्रकारिता, टेलिभिजन प्रस्तुति र मोडलिङमार्फत…

ByByanjana soni १ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *