• Home
  • जिवनशैली
  • बाढीपीडितको खोज, उद्धार र राहतका लागि नासा सेक्युरिटिजको ५० लाख सहयोग
Image

बाढीपीडितको खोज, उद्धार र राहतका लागि नासा सेक्युरिटिजको ५० लाख सहयोग

काठमाडौं । देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको खोज, उद्धार तथा तत्काल राहत कार्यमा सहयोग पुर्‍याउन नासा सेक्युरिटिजले ५० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

रसुवा, नुवाकोट, धादिङ तथा भोटेकोशी तटीय क्षेत्रमा हालै आएको विनाशकारी बाढीबाट ठूलो धनजनको क्षति भएकोप्रति गहिरो दुःख व्यक्त गर्दै कम्पनीले उक्त रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा गरेको जनाएको छ।

विपद्का कारण संकटमा परेका नागरिकहरूको खोज तथा उद्धारसँगै तत्काल राहत वितरणमा सहयोग पुगोस् भन्ने उद्देश्यले ५० लाख रुपैयाँ प्रदान गरिएको कम्पनीले जनाएको हो।

नासा सेक्युरिटिजले प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउने सम्पूर्ण नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

कम्पनीले विपद्को यस कठिन घडीमा प्रभावित नागरिकलाई सहयोग गर्न सबै पक्षलाई आ–आफ्नो क्षेत्रबाट सहयोग र सहकार्यका लागि समेत आग्रह गरेको जनाएको छ।

Related Posts

इन्टरनेशनल फेसन विक २०२६ को ‘रनवे एम्बेसडर’मा रेनाटा कट्टेल

  काठमाडौं । इन्टरनेशनल फेसन विक २०२६ का लागि रेनाटा कट्टेललाई ‘रनवे एम्बेसडर’का रूपमा प्रस्तुत गरिएको छ। फेसन,…

ByByanjana soni ११ घण्टा अगाडि

इन्डोर सुपर लिगको फाइनलअघि सेलिब्रिटी क्रिकेट उत्सवको शानदार जित

काठमाडौं । इन्डोर सुपर लिग (ISL) सिजन–२ को फाइनलअघि आयोजित मैत्रीपूर्ण सेलिब्रिटी क्रिकेट खेलमा सेलिब्रिटी क्रिकेट उत्सवले टिम…

ByByanjana soni १ हप्ता अगाडि

Face of Nepal 2026 मा नेपालकी शीर्ष फेसन डिजाइनर सुकनिता चौलागाईं सम्मानित

  काठमाडौं । नेपाली फेसन क्षेत्रमा लामो समयदेखि सक्रिय तथा चर्चित फेसन डिजाइनर सुकनिता चौलागाईं Face of Nepal…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *