“बलिदानी दिवसमा मधेश आन्दोलनका सहिदहरूलाई श्रद्धाञ्जलि, जसपाकाउपाध्यक्ष राजकिशोर यादव लगायतका नेताहरू द्वारा लहानमा माल्यार्पण”
By YOUTV Nepal
१० महिना अगाडि
Comments: 0
माघ ५, बलिदानी दिवसको अवसरमा मधेश जनविद्रोहका प्रथम सहिद रमेश महतोसहित सम्पूर्ण सहिदहरूको सम्मानमा श्रद्धाञ्जलि अर्पण गरिएको छ। जसपाका अध्यक्ष उपेन्द्र यादव, उपाध्यक्ष राजकिशोर यादव लगायतका नेताहरूले सिरहाको लहानमा सहिदहरूको सालिकमा माल्यार्पण गर्दै संघीयता, पहिचान, समावेशीकरण र अधिकार प्राप्तिको आन्दोलनमा योगदान दिएका वीर सहिदहरूलाई स्मरण गरेका छन्।

मधेश आन्दोलनमा आफ्नो प्राण अर्पण गर्ने सहिदहरूको त्याग र बलिदानले नेपालमा संघीय प्रणालीको स्थापना सम्भव भएको हो। यो दिन सबै नेपालीका लागि सहिदहरूको बलिदानलाई सम्झने र उनीहरूले देखाएको मार्गमा अघि बढ्ने प्रेरणाको स्रोत बन्नुपर्ने दिन हो। सहिदहरूको सपना साकार गर्न समतामूलक, न्यायपूर्ण, र समावेशी समाज निर्माणमा सबैको योगदान अपरिहार्य छ।
श्रद्धासुमन एवं हार्दिक नमन!
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान ८ महिना अगाडि