• Home
  • ताजा समाचार
  • फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित
Image

फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित

काठमाडौं । फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित भएकी छन्। एभरेस्ट इभेन्टले शनिबार काठमाडौंमा आयोजना गरेको विशेष समारोहमा फेसन डिजाइनिङमार्फत समाज र युवापुस्तामा पुर्‍याएको योगदानको कदर गर्दै चौलागाईंलाई सम्मान गरिएको हो।

समारोहमा चौलागाईंसहित विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने १० जनालाई सम्मान गरिएको थियो। एभरेस्ट इभेन्टले हरेक वर्ष विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वलाई ‘एभरेस्ट एक्सिलेन्स अवार्ड’ प्रदान गर्दै आएको छ।

सम्मानपछि प्रतिक्रिया दिँदै चौलागाईंले यस्ता सम्मानले आफ्नो कामप्रतिको लगाव र जिम्मेवारी अझ बढाउने बताइन्। आफूले सिकेको ज्ञान र सीपमार्फत समाजमा सानो भए पनि योगदान दिन सकेको अनुभूति सम्मानले गराउने उनको भनाइ छ।

“यस्ता सम्मानहरूले कामप्रतिको लगाव र जिम्मेवारी अझ बढाउँछ। आफूले पढेको, सिकेको सीपले समाजका लागि पनि सानै भए पनि योगदान दिन सकेछु कि भन्ने महसुस गराउँछ,” उनले भनिन्, “यसले इनर्जी र क्रिएसनलाई अझै बढाउने प्रेरणा मिल्छ।”

सुक्निता एक दशकदेखि फेसन डिजाइनिङको क्षेत्रमा सक्रिय छिन्। नेपाली फिल्म तथा म्युजिक भिडियोका लागि उनले तयार गरेका डिजाइन तथा पहिरनको माग उच्च रहेको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मोडलहरूले समेत उनका डिजाइन लगाएर विभिन्न फेसन शोका र्‍याम्पमा प्रस्तुति दिँदै आएका छन्।

उनका सिर्जनामा नेपाली सेलिब्रेटीदेखि विभिन्न चर्चित व्यक्तित्वसमेत सजिने गरेका छन्। फेसन डिजाइनिङसँगै उनले नयाँ पुस्तालाई यस क्षेत्रमा अघि बढाउन पनि महत्वपूर्ण भूमिका खेल्दै आएकी छन्।

केही समयअघि मात्रै सुक्निता नेतृत्वको टिमले काठमाडौंको कोटेश्वरमा ‘भ्यालेन्टिनो फेसन तथा इन्टेरियर डिजाइनिङ कलेज’ सञ्चालनमा ल्याएको छ। Valentino The Boutiqueकी सञ्चालिकासमेत रहेकी चौलागाईं फेसन डिजाइनिङमा भविष्य बनाउन चाहने युवायुवतीका लागि प्रेरणाको स्रोत बन्दै आएकी छन्।

यसका साथै उनी विभिन्न फेसन तथा मोडलिङ प्रतियोगितामा निर्णायकको भूमिकामा समेत सक्रिय रहँदै आएकी छन्। फेसन डिजाइनिङमा निरन्तर योगदान र नयाँ पुस्तालाई अवसर तथा मार्गदर्शन प्रदान गर्दै आएकी चौलागाईंका लागि ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ उनको यात्राको अर्को महत्वपूर्ण उपलब्धिका रूपमा थपिएको छ।

Related Posts

इन्टरनेशनल फेसन विक २०२६ को ‘रनवे एम्बेसडर’मा रेनाटा कट्टेल

  काठमाडौं । इन्टरनेशनल फेसन विक २०२६ का लागि रेनाटा कट्टेललाई ‘रनवे एम्बेसडर’का रूपमा प्रस्तुत गरिएको छ। फेसन,…

ByByanjana soni १२ घण्टा अगाडि

इन्डोर सुपर लिगको फाइनलअघि सेलिब्रिटी क्रिकेट उत्सवको शानदार जित

काठमाडौं । इन्डोर सुपर लिग (ISL) सिजन–२ को फाइनलअघि आयोजित मैत्रीपूर्ण सेलिब्रिटी क्रिकेट खेलमा सेलिब्रिटी क्रिकेट उत्सवले टिम…

ByByanjana soni १ हप्ता अगाडि

Face of Nepal 2026 मा नेपालकी शीर्ष फेसन डिजाइनर सुकनिता चौलागाईं सम्मानित

  काठमाडौं । नेपाली फेसन क्षेत्रमा लामो समयदेखि सक्रिय तथा चर्चित फेसन डिजाइनर सुकनिता चौलागाईं Face of Nepal…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *