• Home
  • खेलकुद
  • नेपाल खेलकुद महासंघद्वारा रेड आइ ग्रुप विस्तार: युवा सशक्तिकरणको प्रयास
Image

नेपाल खेलकुद महासंघद्वारा रेड आइ ग्रुप विस्तार: युवा सशक्तिकरणको प्रयास

नेपाल खेलकुद महासंघ, काठमाडौं जिल्ला आयोजक कमिटीले मिति २०८१ पुष २० गतेको दिन युवा प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यका साथ एक विशेष कार्यक्रमको आयोजना गर्दै रेड आइ ग्रुपको औपचारिक विस्तार गरेको छ। कार्यक्रमको नेतृत्व प्रचार विभाग प्रमुख र कोषाध्यक्षले गरेका थिए भने अध्यक्षको विशेष पहल र निर्देशनले यसलाई थप प्रभावकारी बनाएको थियो।

कार्यक्रमको महत्वपूर्ण पक्ष भनेको काठमाडौंदेखि चितवनसम्म सम्पन्न गरिएको ग्रुप राइड थियो। यो राइडको मुख्य उद्देश्य सुरक्षित यात्रा (सेफ यात्रा) को महत्त्व जनाउनुका साथै सामाजिक एकताको सन्देश प्रवाह गर्नु थियो।

राइडका क्रममा सहभागीहरुले आपसी समझदारी, संयमता, र भाइचाराको भावना देखाउँदै यात्रालाई सफल बनाएका थिए। यसले युवाहरुलाई सकारात्मक सोच र सामूहिक गतिविधिमा सहभागी हुन प्रोत्साहन गरेको आयोजकले बताएको छ।

कार्यक्रमको दौरान, रेड आइ ग्रुपले केवल यात्रा र मनोरञ्जनको परिधिमा मात्र सीमित नरहेर समाजमा सकारात्मक प्रभाव पार्न र एकताको वातावरण सिर्जना गर्न आफ्नो दायित्वप्रति प्रतिबद्ध रहेको सन्देश दिएको छ। आयोजक टोलीले भविष्यमा पनि यस्ता गतिविधिहरूलाई निरन्तरता दिने योजना रहेको जानकारी दिएको छ।

Related Posts

Face of Nepal 2026 मा नेपालकी शीर्ष फेसन डिजाइनर सुकनिता चौलागाईं सम्मानित

  काठमाडौं । नेपाली फेसन क्षेत्रमा लामो समयदेखि सक्रिय तथा चर्चित फेसन डिजाइनर सुकनिता चौलागाईं Face of Nepal…

ByByanjana soni १८ घण्टा अगाडि

ब्राइडल क्वीन २०२६’ विजेता रेनाता कट्टेल बैंककको ‘एमएस हेरिटेज इन्टरनेसनल’मा भिड्दै

  ​काठमाडौँ: ‘ब्राइडल क्वीन २०२६’ को उपाधि विजेता रेनाता कट्टेलले थाइल्यान्डको बैंककमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘एमएस…

ByByanjana soni ४ दिन अगाडि

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *