Trending

नेपाल खेलकुद महासंघद्वारा रेड आइ ग्रुप विस्तार: युवा सशक्तिकरणको प्रयास

3.6kViews
7 Shares

नेपाल खेलकुद महासंघ, काठमाडौं जिल्ला आयोजक कमिटीले मिति २०८१ पुष २० गतेको दिन युवा प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यका साथ एक विशेष कार्यक्रमको आयोजना गर्दै रेड आइ ग्रुपको औपचारिक विस्तार गरेको छ। कार्यक्रमको नेतृत्व प्रचार विभाग प्रमुख र कोषाध्यक्षले गरेका थिए भने अध्यक्षको विशेष पहल र निर्देशनले यसलाई थप प्रभावकारी बनाएको थियो।

कार्यक्रमको महत्वपूर्ण पक्ष भनेको काठमाडौंदेखि चितवनसम्म सम्पन्न गरिएको ग्रुप राइड थियो। यो राइडको मुख्य उद्देश्य सुरक्षित यात्रा (सेफ यात्रा) को महत्त्व जनाउनुका साथै सामाजिक एकताको सन्देश प्रवाह गर्नु थियो।

राइडका क्रममा सहभागीहरुले आपसी समझदारी, संयमता, र भाइचाराको भावना देखाउँदै यात्रालाई सफल बनाएका थिए। यसले युवाहरुलाई सकारात्मक सोच र सामूहिक गतिविधिमा सहभागी हुन प्रोत्साहन गरेको आयोजकले बताएको छ।

कार्यक्रमको दौरान, रेड आइ ग्रुपले केवल यात्रा र मनोरञ्जनको परिधिमा मात्र सीमित नरहेर समाजमा सकारात्मक प्रभाव पार्न र एकताको वातावरण सिर्जना गर्न आफ्नो दायित्वप्रति प्रतिबद्ध रहेको सन्देश दिएको छ। आयोजक टोलीले भविष्यमा पनि यस्ता गतिविधिहरूलाई निरन्तरता दिने योजना रहेको जानकारी दिएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय