Image

नेपालको खेल हेर्न निजगढ नगरपालिकामा ओइरिए दर्शक

सुरुची भण्डारी, बारा

गत राती भएको आईसीसी ट्वान्टी–२० पुरुष विश्वकप क्रिकेट प्रतियोगिताको नेपाल र नेदरल्यान्ड्सबीच खेल हेर्न निजगढ नगरपालिकाले ठूलो स्क्रिनको व्यवस्था गरेपछि नगरपालिका भवनमा दर्शकको ओइरो लागेको थियो ।

त्यस्तै वडा नम्बर ६ को कार्यालय र वडा नम्बर ८ ले बजारको बुद्घचोकमा समेत प्रत्यक्ष प्रसारण गरिएपछि दर्शक खेलमा झुम्मिरहेका देखिन्थ्यो ।
निजगढ नगरपालिकाले संचालन गरेको स्थानमा क्रिकेट समर्थको निकै राम्रो भिड देखिएको थियो । दर्शकलाई व्यवस्थापन गर्न सुरक्षाकर्मीहरुसमेत खटिएका थिए ।

यस्तै नगरपालिकाले नेपालको खेललाई सबै वडाले वडाको उपर्युक्त स्थानमा खेलको प्रत्यक्ष प्रशारण खेलप्रेमी नगरवासीलाई देखाउने व्यवस्था मिलाउन पत्रचार समेत गरेको निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बतौंलाले जानकारी दिए ।
नगरपालिकाले गरेको पत्रचार अनुरुपनै निजगढ नगरपालिकाको भवनसहित विभिन्न वडामा ठूला स्क्रिनमा देखाइएको निजगढ नगरपालिकाका सुचना अधिकारी रविन घिमिरेले जानकारी दिए ।

मंगलबार राति भएको आइसिसी टी–२० विश्वकपअन्तर्गत खेलमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको छ । टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर १०६ रनको मध्यम योगफल बनाएको थियो । कप्तान रोहितले ३७ बलमा ३५ रन बनाए । करण केसीले १२ बलमा दुई छक्काको सहयोगमा १७ तथा गुल्सन झाले १५ बलमा एक छक्कासहित १४ रन जोडे ।

प्रत्युत्तरमा नेदरल्यान्ड्सले १८.४ ओभरमा चार विकेटको क्षतिमा १०९ रन जोड्दै जित निकाल्यो । नेदरल्यान्ड्सको जितमा म्याक्स ओ डाउडले ४८ बलमा चार चौका र एक छक्का प्रहार गरी ५४ रनको योगदान गरे । उनले बास डी लिडेसँग पाँचौँ विकेटका लागि २० बलमा २९ रनको साझेदारी गर्दै टोलीलाई जित दिलाएका हुन ।

Related Posts

Face of Nepal 2026 मा नेपालकी शीर्ष फेसन डिजाइनर सुकनिता चौलागाईं सम्मानित

  काठमाडौं । नेपाली फेसन क्षेत्रमा लामो समयदेखि सक्रिय तथा चर्चित फेसन डिजाइनर सुकनिता चौलागाईं Face of Nepal…

ByByanjana soni १९ घण्टा अगाडि

ब्राइडल क्वीन २०२६’ विजेता रेनाता कट्टेल बैंककको ‘एमएस हेरिटेज इन्टरनेसनल’मा भिड्दै

  ​काठमाडौँ: ‘ब्राइडल क्वीन २०२६’ को उपाधि विजेता रेनाता कट्टेलले थाइल्यान्डको बैंककमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘एमएस…

ByByanjana soni ४ दिन अगाडि

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *