• Home
  • जिवनशैली
  • नितिन चन्द : दुई दशकदेखि नेपाली फिल्म उद्योगमा निरन्तर योगदान दिने सर्जक
Image

नितिन चन्द : दुई दशकदेखि नेपाली फिल्म उद्योगमा निरन्तर योगदान दिने सर्जक

काठमाडौं । नेपाली फिल्म उद्योगमा दुई दशकदेखि निरन्तर क्रियाशील नितिन चन्द एक प्रतिभाशाली निर्देशक तथा निर्माता हुन्। चलचित्रदेखि म्युजिक भिडियोसम्म फरक धारका प्रस्तुतिहरू दिने चन्द आफ्नो सिर्जनशीलता, मेहनत र उत्कृष्ट निर्देशन क्षमताका कारण चर्चित छन्।

फिल्म उद्योगमा दृढ उपस्थिती
चन्दले १०० भन्दा बढी म्युजिक भिडियो निर्देशन गरिसकेका छन् भने आधा दर्जनभन्दा बढी फिल्ममा निर्देशन गरेका छन्। ‘चन्द T-Series’ मा काम गरी टप ५ टिभी उत्पादन प्रमुख (Production Head) का रूपमा पनि योगदान दिएका छन्। उनी हरेक प्रोजेक्टमा फरकपन दिन रुचाउने निर्देशक हुन्, जसका कारण उनको काम बलिउड स्तरको भिडिओ निर्माणको तुलनामा राखिन्छ।

कलाकारहरूलाई स्थापित गराउने अभियान
नेपाली फिल्म उद्योगमा स्थापित कलाकारहरूलाई मात्र होइन, नयाँ प्रतिभाहरूलाई अघि बढाउने काममा पनि चन्दको विशेष योगदान रहेको छ। चर्चित अभिनेता पल शाहलाई फिल्म क्षेत्रमा स्थापित गराउन चन्दले महत्त्वपूर्ण भूमिका खेलेका थिए। आफू मात्र सफल बन्ने होइन, वरपरका प्रतिभाहरूलाई अवसर दिने उनको सोच र योगदान उल्लेखनीय छ।

उत्कृष्ट निर्देशन र अनुसन्धानी कार्यशैली
चन्द आफ्नो निर्देशनमा अनुसन्धानलाई प्राथमिकता दिने निर्देशकका रूपमा परिचित छन्। उनले व्यावसायिकभन्दा गुणस्तरीय कामलाई बढी महत्व दिन्छन्। सतही ट्रेन्डभन्दा पृथक भएर मौलिकता प्रस्तुत गर्ने उनको शैलीकै कारण उनी अन्य निर्देशकहरू भन्दा फरक मानिन्छन्।

सरल जीवनशैली र उच्च सृजनशीलता
व्यक्तिगत रूपमा उनी सादा जीवनशैली अपनाउने तर आफ्नो काममा अत्यधिक मेहनत गर्ने व्यक्ति हुन्। चर्चाप्रति कम आकर्षित रहने तर आफ्नै सिर्जनात्मक उत्पादनमार्फत पहिचान बनाउने चन्द नेपाली फिल्म उद्योगका लागि एक प्रेरणादायी निर्देशक मानिन्छन्।

नेपाली चलचित्र र म्युजिक भिडियो क्षेत्रमा फरकपन ल्याउने प्रयास गरिरहेका नितिन चन्दले आगामी दिनहरूमा अझ नवीनतम र स्तरीय प्रस्तुति दिने अपेक्षा गरिएको छ।

Related Posts

Face of Nepal 2026 मा नेपालकी शीर्ष फेसन डिजाइनर सुकनिता चौलागाईं सम्मानित

  काठमाडौं । नेपाली फेसन क्षेत्रमा लामो समयदेखि सक्रिय तथा चर्चित फेसन डिजाइनर सुकनिता चौलागाईं Face of Nepal…

ByByanjana soni १८ घण्टा अगाडि

ब्राइडल क्वीन २०२६’ विजेता रेनाता कट्टेल बैंककको ‘एमएस हेरिटेज इन्टरनेसनल’मा भिड्दै

  ​काठमाडौँ: ‘ब्राइडल क्वीन २०२६’ को उपाधि विजेता रेनाता कट्टेलले थाइल्यान्डको बैंककमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘एमएस…

ByByanjana soni ४ दिन अगाडि

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *