• Home
  • ताजा समाचार
  • दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता
Image

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal 2026 – Season 5’ मा दुई महत्वपूर्ण उपाधि जितेकी छन्।

पोखरेलले प्रतियोगितामा ‘Public Choice Winner’ र ‘Mrs. Confidence Winner’ को उपाधि हात पारेकी हुन्। लामो समयदेखि सञ्चार क्षेत्रमा सक्रिय पोखरेलको यो सफलता मिडिया क्षेत्रमा उनको निरन्तर योगदानसँगै आत्मविश्वास र सक्रियताको सम्मानका रूपमा पनि हेरिएको छ।

प्रतियोगिताको LIVE कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो। प्रतियोगितामार्फत महिला प्रतिभा, आत्मविश्वास, व्यक्तित्व विकास तथा सामाजिक योगदानलाई प्रोत्साहन गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ।

दुई दशक लामो मिडिया यात्रामा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउँदै आएकी पोखरेलले प्राप्त गरेको दोहोरो उपाधिले उनको व्यावसायिक यात्रामा थप ऊर्जा र उत्साह थपेको छ।

Miss & Mrs. Universal 2026 – Season 5 अन्तर्गतको कार्यक्रममा पोखरेललाई ‘Public Choice Winner’ तथा ‘Mrs. Confidence Winner’ घोषणा गरिएको हो।

Related Posts

इन्टरनेशनल फेसन विक २०२६ को ‘रनवे एम्बेसडर’मा रेनाटा कट्टेल

  काठमाडौं । इन्टरनेशनल फेसन विक २०२६ का लागि रेनाटा कट्टेललाई ‘रनवे एम्बेसडर’का रूपमा प्रस्तुत गरिएको छ। फेसन,…

ByByanjana soni ७ घण्टा अगाडि

इन्डोर सुपर लिगको फाइनलअघि सेलिब्रिटी क्रिकेट उत्सवको शानदार जित

काठमाडौं । इन्डोर सुपर लिग (ISL) सिजन–२ को फाइनलअघि आयोजित मैत्रीपूर्ण सेलिब्रिटी क्रिकेट खेलमा सेलिब्रिटी क्रिकेट उत्सवले टिम…

ByByanjana soni १ हप्ता अगाडि

Face of Nepal 2026 मा नेपालकी शीर्ष फेसन डिजाइनर सुकनिता चौलागाईं सम्मानित

  काठमाडौं । नेपाली फेसन क्षेत्रमा लामो समयदेखि सक्रिय तथा चर्चित फेसन डिजाइनर सुकनिता चौलागाईं Face of Nepal…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *