थानकोट–चित्लाङ सडकखण्ड असार २० गतेसम्म बन्द हुने
By YOUTV
६ महिना अगाडि
Comments: 0
काठमाडौं । गणेशमान मार्गअन्तर्गत थानकोट–चित्लाङ सडकखण्ड आजदेखि आगामी असार २० गतेसम्म बन्द हुने भएको छ ।
चन्द्रागिरि नगरपालिकाका अनुसार सडक निर्माण कम्पनीले सडकको ‘ग्रेड’ उच्च रहेको र चौडाइ कम भएका स्थानमा ‘ब्रेकर’ प्रयोग गरी ‘ब्याक कटिङ’ र ‘ग्रेड डाउन’ गर्न लागिएको जनाउँदै ती दिन बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म सो सडकखण्ड बन्द हुने भएको छ ।
नगरपालिकाले आज जारी सूचनामा सडक निर्माणको ठेक्का प्राप्त कम्पनीको आग्रहमा सडक बन्द गरेर सडक विस्तार एवं स्तरोन्नति गर्न लागिएको हो ।
चन्द्रागिरि नगरप्रमुख घनश्याम गिरीको विशेष आग्रहमा अर्थ मन्त्रालयले गत माघ १२ गते गणेशमान मार्गलाई तत्काल स्तरोन्नति गर्न आठ करोड विनियोजन गरेको थियो ।
सो मार्गअन्तर्गत सेतो पहरो क्षेत्र उच्च दुर्घटनाग्रस्त मानिन्छ ।
६ महिना अगाडि
६ महिना अगाडि
जनजाति, जिवनशैली, ताजा समाचार, पूर्वाधार, मौसम
आजको मौसम तराइका हवाइ उडडयन प्रभावित हुने ३ दिन अगाडिताजा समाचार, प्रवास, बागमती प्रदेश, लेख-बिचार, लोकप्रिय, समाचार
चन्दा उठाएर बनाइयो कलात्मक मन्दिर १ वर्ष अगाडि