• Home
  • प्रदेश नं २
  • जेनजी आन्दोलनको विरोधमा वीरगञ्ज तनावग्रस्त, एमाले कार्यालयमा आगजनी
Image

जेनजी आन्दोलनको विरोधमा वीरगञ्ज तनावग्रस्त, एमाले कार्यालयमा आगजनी

वीरगञ्ज – जेनजी आन्दोलनको क्रममा सरकारले गरेको दमनविरुद्ध आज बिहानैदेखि वीरगञ्जमा विरोध प्रदर्शन तीव्र बनेको छ। विभिन्न स्थानमा जारी प्रदर्शनको क्रममा रामघडवास्थित नेकपा (एमाले) पार्टी कार्यालयमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन्।

आगलागीबाट पार्टी कार्यालयमा ठूलो क्षति पुगेको जनाइएको छ। घटनापछि स्थिति नियन्त्रणमा लिनका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रशासनले थप तनाव फैलिन नदिन उच्च सतर्कता अपनाएको जनाएको छ।

विरोध प्रदर्शन अझै पनि वीरगञ्जका विभिन्न क्षेत्रमा जारी छ र वातावरण तनावग्रस्त बन्दै गएको छ। स्थानीय प्रशासनले शान्ति सुरक्षाको अवस्था सम्हाल्न अपील गर्दै नागरिकहरूलाई संयमित रहन आग्रह गरेको छ।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni २ हप्ता अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj १ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj १ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *