• Home
  • अर्थ
  • जनकपुर कबड्डी टिमका खेलाडी र प्रशिक्षकहरुको सम्मानमा विशेष स्वागत कार्यक्रम सम्पन्न
Image

जनकपुर कबड्डी टिमका खेलाडी र प्रशिक्षकहरुको सम्मानमा विशेष स्वागत कार्यक्रम सम्पन्न

नेपालको बीमा क्षेत्रलाई २९ वर्षदेखि सेवा प्रदान गर्दै आएको नेको इन्स्योरेन्स लिमिटेडले आफ्नो व्यवसायसँगै सामाजिक उत्तरदायित्वलाई पनि निरन्तर अघि बढाउँदै आएको छ। कम्पनीले बीमाशुल्क संकलन, दावी भुक्तानी, रोजगारीको अवसर सिर्जना, र नेपाल सरकारलाई कर भुक्तानीजस्ता विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको छ।

यसै सामाजिक उत्तरदायित्वअन्तर्गत, नेको इन्स्योरेन्सले नेपाल कबड्डी एशोसिएसनको आयोजनामा सञ्चालन हुने नेपाल कबड्डी लिगमा जनकपुर कबड्डी टिमको स्वामित्व ग्रहण गरी सहयोग गरेको छ। यस योगदानलाई अझ सुदृढ बनाउन, आज कम्पनीले एक विशेष समारोहको आयोजना गरी जनकपुर कबड्डी टिमका खेलाडी र प्रशिक्षकहरुको स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।

यस अवसरमा, श्री पद्मोदय फाउन्डेसनले जनकपुर नाइट्स टिमका लागि टिम बिल्डिंग पार्टनरको रुपमा सहयोग गरेको जानकारी गराइएको छ।

विशेष कार्यक्रमको आयोजना काठमाडौंमा गरिएको थियो। कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशकहरु, नेको इन्स्योरेन्सका अध्यक्ष, संचालकहरु, प्रमुख कार्यकारी अधिकृत (CEO) र अन्य उच्च पदस्थ अधिकृतहरुको सहभागिता रहेको थियो।

कार्यक्रमका दौरान, कम्पनीका पदाधिकारीहरुले खेलकुदको विकासमा लगानी गर्न पाउँदा गर्व महसुस भएको बताएका थिए। साथै, जनकपुर नाइट्स टिमलाई आगामी प्रतियोगितामा उत्कृष्ट प्रदर्शनका लागि शुभकामना व्यक्त गरिएको थियो।

नेको इन्स्योरेन्सले आफ्नो व्यवसायिक सफलता मात्र नभई, देशको खेलकुद क्षेत्रमा योगदान पुर्‍याउने प्रतिबद्धता जनाएको छ। कार्यक्रमले खेलकुदको प्रवर्द्धनमा निजी क्षेत्रको भूमिकालाई अझ महत्वपूर्ण बनाउने अपेक्षा गरिएको छ।

Related Posts

Face of Nepal 2026 मा नेपालकी शीर्ष फेसन डिजाइनर सुकनिता चौलागाईं सम्मानित

  काठमाडौं । नेपाली फेसन क्षेत्रमा लामो समयदेखि सक्रिय तथा चर्चित फेसन डिजाइनर सुकनिता चौलागाईं Face of Nepal…

ByByanjana soni १८ घण्टा अगाडि

ब्राइडल क्वीन २०२६’ विजेता रेनाता कट्टेल बैंककको ‘एमएस हेरिटेज इन्टरनेसनल’मा भिड्दै

  ​काठमाडौँ: ‘ब्राइडल क्वीन २०२६’ को उपाधि विजेता रेनाता कट्टेलले थाइल्यान्डको बैंककमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘एमएस…

ByByanjana soni ४ दिन अगाडि

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *