• Home
  • ताजा समाचार
  • खानेपानी मन्त्रीलाई फोनमा धम्की दिने किरण साह ५ हजार धरौटीमा रिहा
Image

खानेपानी मन्त्रीलाई फोनमा धम्की दिने किरण साह ५ हजार धरौटीमा रिहा

वीरगंज –  खानेपानी मन्त्री प्रदीप यादवलाई फोनमार्फत ज्यान मार्ने धम्की दिने बारा सिस्वा महेशपुरीकी किरण साहलाई पर्सा जिल्ला अदालतले ५ हजार धरौटीमा रिहा गरेको छ।

जिल्ला न्यायाधीश कमलकान्त जोशीको इजलासले बिहीबार धरौटीमा रिहा गर्ने आदेश दिएको हो। गत शनिबार पक्राउ परेकी साहलाई प्रहरीको म्याद थप गर्दै अनुसन्धान भइरहेको थियो। अनुसन्धान पूरा भएपछि बुधबार प्रहरीद्वारा फाइल सरकारी वकिल कार्यालयमा बुझाइएको थियो।

हैजा प्रकोप फैलिएको बेला वीरगंज मुर्लीमा बसोबास गरिरहेकी साहले मन्त्री यादवलाई फोनमा धम्की दिएकी थिइन्। यस आधारमा पर्सा प्रहरीले उनलाई पक्राउ गरी मन्त्रीलाई ज्यान मार्ने धम्की, झुटा अफवाह फैलाएको र विद्युतिय कारोबारसम्बन्धी तीन मुद्दा दर्ता गरेको थियो।

यस घटनापछि मन्त्री यादवले सामाजिक सञ्जालमा पोस्ट गर्दै हैजाको समस्या र धम्की प्रकरणबारे स्पष्टिकरण दिएका थिए। उनले सचिवालयमार्फत प्रहरीले साहप्रति नरम हुन सन्देश पठाएको पनि खुलासा गरेका थिए।

Related Posts

Face of Nepal 2026 मा नेपालकी शीर्ष फेसन डिजाइनर सुकनिता चौलागाईं सम्मानित

  काठमाडौं । नेपाली फेसन क्षेत्रमा लामो समयदेखि सक्रिय तथा चर्चित फेसन डिजाइनर सुकनिता चौलागाईं Face of Nepal…

ByByanjana soni १९ घण्टा अगाडि

ब्राइडल क्वीन २०२६’ विजेता रेनाता कट्टेल बैंककको ‘एमएस हेरिटेज इन्टरनेसनल’मा भिड्दै

  ​काठमाडौँ: ‘ब्राइडल क्वीन २०२६’ को उपाधि विजेता रेनाता कट्टेलले थाइल्यान्डको बैंककमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘एमएस…

ByByanjana soni ४ दिन अगाडि

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *