एचआईडीसीएलको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
By YOUTV
६ महिना अगाडि
Comments: 0
काठमाडौं । आजदेखि हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) ले १ करोड ७८ लाख ४० हजार १४० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीको हकप्रदमा नबिकेको उक्त सेयरमा सर्वसाधारण तथा संघसंस्थाहरूले आजदेखि वैशाख ९ गतेसम्म शिलबन्दी बोलपत्र आवेदन दिन सक्नेछन् ।
प्रतिकित्ता १ सय रुपैयाँ नघट्ने गरी आवेदनका साथ रकम जम्मा गरेको निस्सा संलग्न गर्नुपर्ने कम्पनीले जनाएको छ । न्यूनतम १ सय कित्ता र सो अंकले भाग जाने संख्याका लागि आवेदन दिन सकिनेछ ।
ग्लोबल आईएमई क्यापिटलको नक्साल कार्यालय, ग्लोबल आईएमई बैंकका नयाँ बानेश्वर, विर्तामोड, विराटनगर, जनकपुरधाम, वीरगन्ज, हेटौंडा, नारायणगढ, पोखरा, बुटवल, बागलुङ बजार, नेपालगन्ज, वीरेन्द्रनगर, घोराही, धनगढी र महेन्द्रनगर शाखाबाट फारम पाइने र सोही केन्द्रमा बुझाउन सकिने छ । यो सेयर बाँडफाँट भई नेपाल स्टक एक्स्चेन्जमा सूचीकरणपश्चात एचआईडीसीएलपी संकेतमा कारोबार हुनेछ ।
अर्थ, जनजाति, जिवनशैली, ताजा समाचार, देश
राष्ट्रपति पौडेलले बाढीपहिरो पीडितलाई एक महिनाको तलब दिने १ हप्ता अगाडिताजा समाचार, देश, प्रदेश, मौसम, राष्ट्रिय खबर
बाढी पहिरोमा मृत्यु हुनेको संख्या २३२ पुग्यो १ हप्ता अगाडिताजा समाचार, प्रवास, बागमती प्रदेश, लेख-बिचार, लोकप्रिय, समाचार
चन्दा उठाएर बनाइयो कलात्मक मन्दिर १२ महिना अगाडि