Trending

आजको मौसमः गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने

790Views
0 Shares


काठमाडौं । हाल देशभर सामान्य देखि मौसम पूर्णतया बदली रही गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा भारी वर्षा भैरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पछिल्लो २४ घण्टामा वीरेन्द्रनगर,नेपालगञ्ज,धरान, घोरही, धनकुटा लगायतका स्थानमा अत्याधिक वर्षा भएको जनाएको छ । विभागले मनसुनको न्यूनचापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर नेपालको पहाडि भू–भाग नजिकै सरेकाले पहाडको धेरै ठाउँमा वर्षा भएको र आज दिउँसोदेखि भोलिसम्म पानी पर्ने अनुमान गरेको हो ।

आज दिउँसो देशभर मौसम आँशिकदेखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानहरुमा मेघ गर्जन÷चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको ले महाशाखाले सर्तकता अपनाउन आग्रह गरेको छ । साथै बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राती देशभर सामान्य देखि पूर्णतया मौसम बदली रही कोशी र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

पछिल्लो २४ घण्टामा विरेन्द्रनगरमा अति भारी वर्षा भएको महाशाखाले जनाएको छ । विरेन्द्रनगरमा मात्रै ११८ दशमलव ५ मिलिमिटर वर्षा मापन भएको छ । त्यसपछि नेपालगञ्जमा १०४ दशमलव ७ मिलिमिटर वर्षा भएको छ ।

यस्तै, धरानमा ८१ दशमलव ८, दाङको घोराहीमा ७७ दशमलव ६, काठमाडौमा ३६ दशमलव ६,पोखरामा ३६ दशमलव ५ ओखलढुंगामा ५५ दशमलव १ तथा ताप्लेजुङमा ५३ दशमलव २ मिलिमिटर वर्षा मापन गरिएको छ ।

उक्त क्षेत्र भएर बग्ने ठूला नदी तथा खोलामा जल सतह उच्च हुने हुँदा बाढी,पहिरो र डुवानबाट जोगिन महाशाखाले सबैलाई उच्च सर्तकता अपनाउँन आग्रह गरेको छ। साथै,सडक मार्गको प्रयोग गर्दा पूर्व सूचना लिएर मात्रै यात्रा गर्न पनि आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय