• Home
  • अन्तराष्ट्रिय खबर
  • अमेरिका फर्किएपछि डिस्ट्रिक्ट गभर्नर PMJF बालाराम भट्टराई र फर्स्ट लेडीलाई ३२५P ले गर्‍यो भव्य स्वागत
Image

अमेरिका फर्किएपछि डिस्ट्रिक्ट गभर्नर PMJF बालाराम भट्टराई र फर्स्ट लेडीलाई ३२५P ले गर्‍यो भव्य स्वागत

काठमाडौं –

अन्तर्राष्ट्रिय लायन्स सम्मेलन २०२५ मा सहभागिता जनाएर अमेरिका (Orlando) बाट स्वदेश फर्कनुभएका डिस्ट्रिक्ट ३२५P का आदरणीय गभर्नर PMJF बालाराम भट्टराई तथा फर्स्ट लेडी कल्पना भट्टराईलाई आज विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लायन्स क्लब अन्तर्राष्ट्रिय जिल्ला ३२५P का पदाधिकारी, सदस्य तथा शुभेच्छुकहरूले भव्य स्वागत गरेका छन्।

विहान ठीक ९:१५ बजे गभर्नरज्यूको आगमनसँगै, विभिन्न क्लबका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। लायनहरूको जोशिलो नारा, स्वागत फूलमाला, तथा नेपाली परम्परागत शैलीमा गरिएको अभिनन्दनले स्वागत क्षणलाई स्मरणीय बनायो।

यसै अवसरमा, डिस्ट्रिक्ट ३२५P को केन्द्रीय कार्यालय, कलंकीमा बिहान ११:०० बजे विशेष स्वागत समारोहको आयोजना गरिएको थियो। कार्यक्रममा गभर्नरज्यू तथा फर्स्ट लेडीको अतुलनीय योगदानको चर्चा गर्दै सम्मान गरिएको थियो।

कार्यक्रममा विभिन्न क्लबका अध्यक्ष, पूर्व पदाधिकारी, क्षेत्रीय संयोजक, जोन चेयरपर्सन, सदस्यहरू तथा लायन परिवारका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो।

“यो स्वागत केवल व्यक्तिको होइन, प्रेरणादायी नेतृत्वप्रतिको सम्मान हो,” एक क्लब अध्यक्षले प्रतिक्रिया दिएका थिए।

कार्यक्रमले लायन्स परिवारभित्र सहकार्य, एकता र प्रतिबद्धताको भावना अझ सुदृढ बनाएको महसुस गरिएको छ।

Related Posts

इन्डोर सुपर लिगको फाइनलअघि सेलिब्रिटी क्रिकेट उत्सवको शानदार जित

काठमाडौं । इन्डोर सुपर लिग (ISL) सिजन–२ को फाइनलअघि आयोजित मैत्रीपूर्ण सेलिब्रिटी क्रिकेट खेलमा सेलिब्रिटी क्रिकेट उत्सवले टिम…

ByByanjana soni १ हप्ता अगाडि

Face of Nepal 2026 मा नेपालकी शीर्ष फेसन डिजाइनर सुकनिता चौलागाईं सम्मानित

  काठमाडौं । नेपाली फेसन क्षेत्रमा लामो समयदेखि सक्रिय तथा चर्चित फेसन डिजाइनर सुकनिता चौलागाईं Face of Nepal…

ByByanjana soni १ हप्ता अगाडि

ब्राइडल क्वीन २०२६’ विजेता रेनाता कट्टेल बैंककको ‘एमएस हेरिटेज इन्टरनेसनल’मा भिड्दै

  ​काठमाडौँ: ‘ब्राइडल क्वीन २०२६’ को उपाधि विजेता रेनाता कट्टेलले थाइल्यान्डको बैंककमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘एमएस…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *