• Home
  • ताजा समाचार
  • अब वीरगंज धार्मिक र पर्यटकीय केन्द्र बन्छ : नगरप्रमुख सिंह
Image

अब वीरगंज धार्मिक र पर्यटकीय केन्द्र बन्छ : नगरप्रमुख सिंह

पर्सा, २५ मंसिर ।  वीरगंज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले बैभव वीरगंजको धार्मिक औद्योगिक पर्यटन विशेषाङ्क मुकाम मासिक पुस्तकको बिमोचन गर्नुभएको छ ।

नगरप्रमुख कै कार्यकक्षमा आयोजीत एक कार्यक्रमकाबीच पुस्तक बिमोचन गर्नुहुदै नगरप्रमुख सिंहले बैभव वीरगंजको परिकल्पनालाई सार्थक पार्न आर्थिक, धार्मिक, औद्योगिक र पर्यटन करिडोरलाई समेटेर पुस्तक प्रकाशित भएकोमा खुसी व्यक्त गरेका छन ।

पर्यटकीय सम्भावनाका हिसावले वीरगंजलाई केन्द्रमा राखेर यस करिडोर अन्तर्गत पर्ने सिम्रौनगढ देखि ठोरी माडीसम्मका गन्तब्य लगायत चुरियामाई सुरुङ्गदेखि यस क्षेत्रका धार्मिक मठमन्दिरलाई समेटेर विशेषाङ्क प्रकासित गरेकोमा मुकाम मिडिया नेटवर्कलाई धन्यबादसमेत व्यक्त उनले गरेका छन ।

नगरप्रमुख सिंहले मुकाम भित्र समेटिएका ठोरी माडी देखि सिम्रौनगढ सम्मका साँस्कृतिक ऐतिहासिक गन्तब्य लगायत पर्सा राष्ट्रिय निकुन्ज र चुरियामाई क्षेत्रसम्मको पर्यापर्यटनको सर्किटको रुपमा बैभव वीरगंजको धार्मिक पर्यटकीय सर्किट बनाउन सके यसक्षेत्रमा पर्यटनको विकास गर्न सकिनेमा जोड दिए ।

बैभव वीरगंज अन्तर्गत वीरगंजका धार्मिक स्थलहरुको सौन्दर्यकरण, नगरक्षेत्रको बृहत्तर सरसफाई, प्रवेशद्धारको सौन्दर्यकरण लगायतका कामहरु महानगरपालिकाले गरिरहेको र अझै नगरबासीका चाहना अनुरुप गर्नुपर्ने काम धेरै भए पनि बजेटको अभावको कारण गर्न नसकेकोमा दुःख ब्यक्त गर्दै वीरगंजलाई आर्थिक राजधानि मात्र होईन धार्मिक र पर्यटकिय हिसावले पनि भिजिटिङ हब ‘केन्द्र’ बनाउने अभियानमा महानगर जुटेको जानकारी दिए ।

बिमोचन कार्यक्रममा मुकाम मिडियाका प्रकाशक गिता भुषालले नगर प्रमुख राजेशमान सिंहले वीरगंजलाई पर्यटनका माध्यमबाट बैभव र समृद्ध बनाउने उदेश्यलाई विशेषाङ्क मार्फत आफूहरुले उतार्ने प्रयास गरेको बताइन ।

Related Posts

Face of Nepal 2026 मा नेपालकी शीर्ष फेसन डिजाइनर सुकनिता चौलागाईं सम्मानित

  काठमाडौं । नेपाली फेसन क्षेत्रमा लामो समयदेखि सक्रिय तथा चर्चित फेसन डिजाइनर सुकनिता चौलागाईं Face of Nepal…

ByByanjana soni १९ घण्टा अगाडि

ब्राइडल क्वीन २०२६’ विजेता रेनाता कट्टेल बैंककको ‘एमएस हेरिटेज इन्टरनेसनल’मा भिड्दै

  ​काठमाडौँ: ‘ब्राइडल क्वीन २०२६’ को उपाधि विजेता रेनाता कट्टेलले थाइल्यान्डको बैंककमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘एमएस…

ByByanjana soni ४ दिन अगाडि

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *