For Youtvnepal long gif
  • Home
  • प्रदेश
  • अदालतको फैसलाको मूल्यांकन इतिहासले गर्ने भन्दै यस्तो सम्म भन्न सके हेर्नुहोस त ।
Image

अदालतको फैसलाको मूल्यांकन इतिहासले गर्ने भन्दै यस्तो सम्म भन्न सके हेर्नुहोस त ।

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतको फैसलाको मूल्यांकन इतिहासले गर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अदालतको फैसलाको वाक्य वाक्य, शब्द शब्दको मूल्यांकन हुने बताएका हुन् ।

‘अदालतलाई धेरै विवादमा ल्याउन जरुरी छैन, अदालले जे गर्‍यो त्यसको मूल्यांकन होला, वाक्य वाक्य शब्द शब्दको मूल्यांकन होला, कोही पनि इतिहासको खरो मूल्यांकनबाट उम्किन पाउँदैन’ उनले भने ।

प्रमुख विपक्षी दलका नेता ओलीले अदालतले पहिलो पटक प्रधानमन्त्री बनाएर दुनियाँमा कहिँ नभएको नजिर कायम गरेको टिप्पणी गरे । सर्वोच्च अदालतले संसद विघटन गर्ने तत्कालिन प्रधानमन्त्री ओलीको निर्णय बदर गर्दै संसद पुनर्स्थापना गरिदिएको थियो । त्यस्तै धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा शेरबहादुर देउवाको दावी वैधानिक रहेको भन्दै अदालतले उनलाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिका नाममा परमादेश दिएको थियो ।

मंगलबार ओलीले उक्त फैसलबारे असन्तुष्टि जनाउँदै इतिहासले मूल्यांकन गर्ने बताएका हुन् ।उनले अदालतजस्तो सबैले विश्वास गर्ने संस्थाको विश्वासमा कमी आउन नहुने बताए । ‘जनताले भरोसा गर्ने संस्थाहरुबीच सन्तुलन नबिग्रोस्, मेरो चिन्ता लोकतन्त्रमाथि छ, लोकतान्त्रिक प्रणालीमा संस्थाहरु आआफ्नो मर्यादा र ठाउँमा बसेर काम गर्नुपर्छ’ ओलीले भने ।

शान्ति, सुशासन र विकासको बाटो समातिसकेको देश फेरि लोकतान्त्रिक प्रणाली छाडेर गठबन्धनको सिद्धान्तमा लागेको पनि उनले बताए । ‘यसले विकासको अभियानलाई यसले ड्राइभ गर्न सक्दैन’ उनले भने ।

Related Posts

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ३ हप्ता अगाडि

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण स्थानीयलाई विपद् स्वयंसेवक तालिम ।

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीले गढी गाउँपालिकाका २५ जना स्थानीयलाई समेटेर…

ByBySulav Rijal ४ हप्ता अगाडि

विराटनगर मोरङ ग्रामथान गाउँपालिका २ स्थित श्री सरस्वती माध्यमिक विद्यालयको आयोजनामा सम्पन्न गाउँपालिका स्तरीय अन्तर माध्यमिक विद्यालय हाजिरीजवाफ प्रतियोगितामा श्री देवी माध्यमिक विद्यालय, तेतरिया प्रथम हुन सफल भएको छ।

  मोरङ्गकाे ग्रामथान गाउँपालिका–२ स्थित श्री सरस्वती माध्यमिक विद्यालयको आयोजनामा सम्पन्न गाउँपालिका स्तरीय अन्तर माध्यमिक विद्यालय हाजिरीजवाफ प्रतियोगितामा…

ByBySulav Rijal ४ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *