• Home
  • जिवनशैली
  • Face of Nepal 2026 मा नेपालकी शीर्ष फेसन डिजाइनर सुकनिता चौलागाईं सम्मानित
Image

Face of Nepal 2026 मा नेपालकी शीर्ष फेसन डिजाइनर सुकनिता चौलागाईं सम्मानित

काठमाडौं । नेपाली फेसन क्षेत्रमा लामो समयदेखि सक्रिय तथा चर्चित फेसन डिजाइनर सुकनिता चौलागाईं Face of Nepal 2026 को विशेष कार्यक्रममा सम्मानित भएकी छन्।

फेसन डिजाइन तथा नेपाली मौलिक सिर्जनालाई प्रवर्द्धन गर्दै आएकी चौलागाईं Valentino International College of Fashion & Interior Design की सञ्चालकसमेत हुन्। फेसन शिक्षासँगै सामाजिक क्षेत्रमा समेत सक्रिय चौलागाईंले युवा पुस्तालाई सिर्जनशील तथा व्यावसायिक फेसन क्षेत्रमा अघि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकी छन्।

Face of Nepal 2026 मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट आएका निर्णायक तथा फेसन क्षेत्रका व्यक्तित्वहरूको उपस्थितिमा चौलागाईंलाई सम्मान गरिएको हो। कार्यक्रममा उनले फेसन डिजाइन र नेपाली प्रतिभाको प्रवर्द्धनमा पुर्‍याएको योगदानको कदर गरिएको बताइएको छ।

चौलागाईं फेसन क्षेत्रसँगै सामाजिक सेवामा पनि सक्रिय छिन्। उनी Lions International Club 325 P Nepal मा समेत आबद्ध रहेर विभिन्न सामाजिक तथा मानवीय गतिविधिमा सहभागी हुँदै आएकी छन्। समाजसेवा, युवा प्रतिभाको प्रोत्साहन र फेसन शिक्षालाई एकसाथ अघि बढाउँदै आएकी चौलागाईंलाई फेसन डिजाइनरका साथै सामाजिक अभियन्ताका रूपमा पनि चिनिन्छ।

यसैबीच, Face of Nepal 2026 मा Valentino International College का विद्यार्थीहरूले तयार पारेका फेसन डिजाइनहरू समेत प्रस्तुत गरिएको थियो। विद्यार्थीहरूले प्रतियोगीहरूका लागि तयार पारेका आकर्षक डिजाइन रनवेमा प्रस्तुत गरेका थिए।

विद्यार्थीहरूको सिर्जना प्रतिष्ठित फेसन मञ्चमा प्रस्तुत हुनु र कलेजकी सञ्चालक सुकनिता चौलागाईं स्वयं सोही कार्यक्रममा सम्मानित हुनुले Valentino International College का लागि थप गौरवको विषय बनेको छ।

फेसन, शिक्षा र सामाजिक सेवामार्फत नेपाली युवाको प्रतिभालाई अगाडि बढाउने अभियानमा चौलागाईंको सक्रियता निरन्तर रहँदै आएको छ।

Related Posts

स्वदेशी उत्पादन बढाउनेदेखि आयात घटाउनेसम्म: कृषि र उद्योग मन्त्रालयबीच महत्वपूर्ण छलफल

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार साह र कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीबीच कृषि तथा…

ByByanjana soni २ दिन अगाडि

मिस्टर किड्स नेपाल सिजन–३’ का विजेता रयान राणा मगरले बैंकक, थाइल्याण्डमा नेपालको प्रतिनिधित्व गर्ने

  ​काठमाडौँ, नेपाल — नेपाली प्रतिभा र संस्कृतिलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने क्रममा ‘मिस्टर किड्स नेपाल सिजन–३’ का विजेता…

ByByanjana soni ५ दिन अगाडि

सगुन धाख्वा नेपालका लागि International Youth Exchange Camp Chairperson को भूमिकामा

८ देशका १४ युवा सहभागी अन्तर्राष्ट्रिय युवा आदान–प्रदान क्याम्प सुरु काठमाडौं । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ पी नेपालको…

ByByanjana soni २ हप्ता अगाडि

राष्ट्रिय–अन्तर्राष्ट्रिय अतिथिको सहभागिता : International Youth Exchange Camp Nepal 2026 मा लायन्स ३२५ पीको ऐतिहासिक सुरुवात

  काठमाडौं, २६ भदौ २०८३— लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ पी नेपालको आयोजनामा **‘International Youth Exchange Camp Nepal 2026’**…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *