Trending

सैनिक विशेष अदालतलाई सिंहदरबारमा सार्नुपर्छ– सांसद रेणुका गुरुङ

855Views
0 Shares

काठमाडौं । साउन ४ गते
सांसद रेणुका गुरुङले सैनिक विशेष अदालतलाई सैनिक मुख्यालयबाट सिंहदरबार भित्र सार्न माग गरेकी छन् । बुधबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले सैनिक विशेष अदालत सिंहदरबार भित्र सार्न माग गरेकी हुन् ।

‘सेनामा न्यायप्रति विश्वास घटेको छ । सैनिक विशेष अदालतको वेथितीका विषयमा निरन्तर अनुगमनको लागि जोडदार माग गर्दछु । सैनिक विशेष अदालतलाई सिंहदरबार भित्र र सैनिक परिसर बाहिर सार्न माग गर्दछु,’ सांसद गुरुङले भनिन् । सैनिक विशेष अदलातको वेथितीको कारण सयौं सैनिकले समयमै न्याय पाउन नसकेको दाबी उनले गरिन् ।

‘सैनिक अदालत भनेको सैनिक नेतृत्वको एकल इजलास हो, जसका कतिपय निर्णय सैनिक नेतृत्व र तिनका निहित स्वार्थ बोकेका निश्चित समूहका रिसिवीका कारण अभिप्रेरित हुने गरेको छ,’ उनले भनिन् । सैनिक विशेष अदालत हप्ताको एक दिन मात्र बस्ने र त्यो दिन विभिन्न व्यक्तिहरुको व्यवस्थताका कारण इजलास बस्न नसकेको उनले बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय