• Home
  • जिवनशैली
  • सफल व्यक्तित्वहरुलाई अचिभर्स अवार्ड २०७८ ले सम्मान गरेको छ

सफल व्यक्तित्वहरुलाई अचिभर्स अवार्ड २०७८ ले सम्मान गरेको छ


काठमाडौंमा आज आयोजित एक कार्यक्रमका बिच सिल्भर क्राउनले समाजका विभिन्न क्षेत्रमा सफलता हात पारेका सफल व्यक्तित्वहरुलाई अचिभर्स अवार्ड २०७८ ले सम्मान गरेको छ । कार्यक्रममा अचिभर्स अवार्ड २०७८ बाट गोल्डेनगेट ईन्टरनेशनल कलेज तथा हिसानका अध्यक्ष शिक्षाविद् रमेश सिलवाल, ब्यबसायी प्रज्वल जङ पाण्डे, गायक शिव परियार, सहारा बिजनेस ग्रुपका अध्यक्ष तथा युवा ब्यबसायी सुदर्शन राज शर्मा सम्मानित भए ।

कार्यक्रमका प्रमुख अतिथि नबिल बैंकका अध्यक्ष बैंकर उपेन्द्र पौडेलले समाज परिवर्तनको लागि यस्ता कार्यक्रम हरुले सबै ब्यक्तित्वहरुलाई प्रेरणा मिल्ने र यस्ता कार्यक्रमहरुको आयोजना हुँदा सकारात्मक प्रभाव पर्ने बताएका छन् । उनले समाजका बिभिन्न बिधाका सफल ब्यक्तिहरुलाई अझ निरन्तर आफ्नो क्षेत्रबाट देश बिकासमा लाग्नु महत्वपूर्ण हुने बताए ।

कार्यक्रममा गायक तथा समाज सेवी निर्णय श्रेष्ठले सम्मानित ब्यक्तित्वहरुलाई शुभकामना दिदै युवाहरुले सम्मानित ब्यक्तित्वहरुको जिवनीबाट धेरै कुरा सिक्नुपर्ने बताए ।

सिल्भर क्राउनकी अध्यक्ष अनुजा आचार्यले युवाहरुको लागि उत्प्रेरक कार्यक्रमहरु गर्ने योजनाका साथ सिल्भर क्राउनको स्थापना गरिएको र निकट भबिष्यमै मिस एन्ड मिसेस कर्पोरेट नेपाल तथा मिस एस ई ई ईन्टरनेशनलको आयोजना गर्न लागेको जानकारी गराइन् ।

Related Posts

इन्टरनेशनल फेसन विक २०२६ को ‘रनवे एम्बेसडर’मा रेनाटा कट्टेल

  काठमाडौं । इन्टरनेशनल फेसन विक २०२६ का लागि रेनाटा कट्टेललाई ‘रनवे एम्बेसडर’का रूपमा प्रस्तुत गरिएको छ। फेसन,…

ByByanjana soni २ दिन अगाडि

इन्डोर सुपर लिगको फाइनलअघि सेलिब्रिटी क्रिकेट उत्सवको शानदार जित

काठमाडौं । इन्डोर सुपर लिग (ISL) सिजन–२ को फाइनलअघि आयोजित मैत्रीपूर्ण सेलिब्रिटी क्रिकेट खेलमा सेलिब्रिटी क्रिकेट उत्सवले टिम…

ByByanjana soni २ हप्ता अगाडि

Face of Nepal 2026 मा नेपालकी शीर्ष फेसन डिजाइनर सुकनिता चौलागाईं सम्मानित

  काठमाडौं । नेपाली फेसन क्षेत्रमा लामो समयदेखि सक्रिय तथा चर्चित फेसन डिजाइनर सुकनिता चौलागाईं Face of Nepal…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *