Trending

फिल्म ‘ए मेरो हजुर ४’ मा जी–बबले गाए ‘भाग भाग अब धेरै न दे धाक’

940Views
0 Shares

काठमाडौं, २७ चैत

जी-बब नामले चिनिने र्‍यापर सुदीप भण्डारीले अफिसियल गाएका छन् । आउँदो १ वैशाखबाट प्रदर्शनमा आउने फिल्म ‘ए मेरो हजुर ४’ मा जी–बबले पहिलो अफिसियल र्‍याप ‘भाग भाग अब धेरै न दे धाक’ सुन्न र हेर्न सकिन्छ ।

गीतमा गायनसँगै जी-बब फिचर्डसमेत छन् । गीतको शब्द, संगीत तथा स्वर जी–बबकै रहेको छ भने हुकलाइन हाकिम भनिने सुरेन्द्र गुरुङबाट लिइएको हो । ‘मिलेन लेभल तेरो बाऊ बोला’ पपुलर भएपछि जी-बबले गायनमा डेब्यु गरेका हुन् ।

गीतको भिडियोलाई सञ्जय लामाले छायांकन गरेका हुन् भने यसमा रामजी लामिछानेको कोरियोग्राफी छ । गीतलाई साहिल खानले सम्पादन गरेका हुन् ।

गीत सार्वजनिक भएको छोटो समयमै युट्युबको ट्रेन्डिङमा परेको छ । निर्माण पक्षले गीतको छोटो भर्जनलाई मात्र सार्वजनिक गरेको छ । पहिलो गायनमै जी-बबको स्वरलाई स्रोताले रुचाएका छन् । झरना थापा निर्देशित फिल्ममा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत, रेअर राई, रवि गिरीलगायतको अभिनय छ ।

फिल्ममा सञ्जय लामाको छायांकन, हिमाल केसीको द्वन्द्व, रामजी लामिछाने, कविराज गहतराजको कोरियोग्राफी छ । फिल्ममा झरना थापा र स्वर्गीय छेतेन गुरुङको कथा, झरना थापा, छेतेन गुरुङ, मन्दीप गौतम, बाबुराम दाहाल, प्रतीक पौडेल, उपकार पाण्डे, माधव शर्माको पटकथा तथा संवाद छ । फिल्मलाई सुनिलकुमार थापाले निर्माण गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय