सकारात्मक भएर नेतृत्वलाई सहयोग गरौं – उपाध्यक्ष शर्मा
By YOUTV
४ वर्ष अगाडि
Comments: 0
काठमाडौं । चैत २२ गते
नवनिर्वाचित कार्यसमितिलाई सकारात्मक भएर सहयोग गर्न गैरआवासीय नेपाली संघ ९एनआरएनए० का उपाध्यक्ष डा।हेम राज शर्माले आग्रह गरेका छन् । संघको १०औँ महाधिवेशन सकेर सोमवार बेलायत फर्किएका डा।शर्माले दशकदेखि मौलाएको पावर, पैसा र पोलिटिक्सको सहायताले सीमित व्यक्तिको घेरामा राखिएको एनआरएनएलाई लाखौँ गैरआवासीय नेपालीबीच पुर्याउन अभियान त्यति सहज नभएको बताए ।शर्माले संघको निर्वाचन रोक्न परराष्ट्र मन्त्रालष्, राजनीतिक दलहरु, संघका संरक्षक, न्यायालय सबै मैदानमा उत्रेको दावी गरेका छन् ।
उनले लोकतन्त्रमा असहमतिबीच परिस्थितिलाई स्विकार गर्ने बानी बसाल्न आग्रह गर्दै कतिपय बिषयमा असहमति हुँदा हुँदा पनि एनआरएनएलाई एक राख्न परिस्थितिलाई स्विकार गर्नु पर्ने स्थिति आएको बताए । संघको निवर्तमान महासचिव समेत रहेका शर्माले गत निर्वाचनमा राखेका बाचामध्ये करिब ८० प्रतिशत प्रतिबद्धता पुरा गर्न पाएकोमा सन्तोष व्यक्त गरेका छन् । शर्माले फेस भेरिफिकेसन मार्फत मतदान गर्ने पुरै तयारी रोक्न एउटा समूह सफल भए पनि दिर्घकालिन रूपान्तरको अभियानलाई भने कसैले रोक्न नसक्ने बताए ।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि