लमजुङमा टाइफाइडविरुद्ध ४१ हजार बालबालिकालाई खोप लगाइने
By Ronisha joshi
४ वर्ष अगाडि
Comments: 0
लमजुङ १८ चैत
लमजुङका ४१ हजार बालबालिकालाई टाईफाईड विरुद्धको खोप लगाइने भएको छ । जिल्ला खोप समन्वय समिति र स्वास्थ्य कार्यालयले २५ देखि ३० चैतसम्मको अवधिमा बालबालिकामा उक्त खोप लगाउने तयारी गरेकाे स्वास्थ्य कार्यालय लमजुङका प्रमुख अमर दवाडीले बताए । उनका अनुसार जिल्लामा रहेका ४१ हजार २ सय १६ जना बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिइनेछ ।
सरकारले २५ चैतदेखि १८ वैशाखसम्म खाेप अभियान गर्ने भए पनि लमजुङमा भने ६ दिनमात्र गर्ने भएकाे हाे । मुख अमर दवाडीका अनुसार १५ महिनादेखि ५ वर्षमुनिका पाँच हजार ७०५ जना र विद्यालयमा रहेका १५ वर्षसम्मका ३५ हजार ५११ जना बालबालिकालाई खोप दिइने भएको हो ।
खोप अभियानमा ९८२ स्वयंसेवक परिचालन गरिनेछ । लमजुङमा विगत तीन वर्षको तथ्यांकानुसार बर्सेनि तीन हजार मानिसहरूमा टाइफाइड भएको पाइएको छ।

४ वर्ष अगाडि
४ वर्ष अगाडि
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि