• Home
  • ताजा समाचार
  • जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग
Image

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका कार्यक्रम सञ्चालन गरिने बताएको छ।
सभापति धवलशम्सेर राणाले मंगलबार विज्ञप्ति जारी गर्दै राष्ट्रियता, प्रजातन्त्र, संवैधानिक राजसंस्था र धार्मिक पहिचानसहितका विषयलाई संविधान संशोधनको प्राथमिकतामा राख्नुपर्ने बताएका हुन्।

‘प्रस्तुत प्राथमिकताहरू राज्यले बेलैमा सम्बोधन नगरे, चरणबद्ध रूपमा शान्तिपूर्ण आन्दोलनका गतिविधिहरू सञ्चालन गर्ने प्रण हामीले गरेका छौं,’ उनले भनेका छन्।

पार्टीले बालेन शाह नेतृत्वको सरकारले सुशासन, समृद्धि र भ्रष्टाचार नियन्त्रणका लागि विश्वसनीय आधार निर्माण गर्न नसकेको आरोप लगाएको छ।

जेनजी विद्रोहका क्रममा ज्यान गुमाएका युवा, सुरक्षाकर्मी तथा अन्य नागरिकलाई न्याय दिन नसकेको र सरकारी संरचनामा आगजनी गर्ने दोषीलाई कानुनी दायरामा ल्याउन नसकेको भन्दै सरकारको आलोचना गरेको छ।

त्यस्तै, भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित क्षेत्रमा प्राप्त राहत सामग्री तथा रकमको विवरण सार्वजनिक गर्न पार्टीले माग गरेको छ। प्रधानमन्त्री विपद् राहत कोषमा संकलित रकम कहाँ र कसरी खर्च गरियो भन्ने अद्यावधिक विवरण सार्वजनिक गर्न तथा पुनर्स्थापना र पुनर्निर्माणको प्रगतिबारे जानकारी गराउन पनि सरकारको ध्यानाकर्षण गराएको छ।

यस्ता छन् संविधान संशोधनका लागि आठ बुँदे संकल्प-
१. सुदृढ राष्ट्रियता र सार्थक प्रजातन्त्रका लागि संविधान संशोधन।

२. आकासिँदो बजार भाउ र महँगी नियन्त्रण।

३. संवैधानिक राजसंस्थासहित हिन्दु, बौद्ध र किरात लगायतको सनातन हिन्दु अधिराज्य।

४. धर्मान्तरण, गौहत्या र गाईको मासु बिक्रीमा प्रतिबन्ध।

५. युवा तथा महिलामैत्री आर्थिक विकास र प्रविधिमा आधारित समुन्नत नेपाल।

६. सहकारी तथा लघुवित्तपीडितलाई न्याय।

७. अधिकारसम्पन्न स्थानीय निकाय र प्रदेश संरचनाबारे जनमत संग्रह।

८. एक पटकको नेपाली, सधैँका लागि नेपाली भन्ने मान्यतासहित मताधिकारको सुनिश्चितता।

Related Posts

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni २ दिन अगाडि

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं, १५ कात्तिक । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ ‘मिसेस नेपाल वर्ल्ड २०२६’…

ByByanjana soni २ दिन अगाडि

बैंक कर्मचारी नीरज गुप्ता ठगीको जालमा परेको दाबी, न्यायका लागि गृह मन्त्रालयसम्

बैंक कर्मचारीलाई विश्वासमा पारी करोडौँ ठगी गर्नेहरूको पासोमा फसाइएको दाबी: पीडित कर्मचारीद्वारा गृह मन्त्रालयमा उजुरी वीरगन्ज व्यापारिक प्रयोजनको…

ByByanjana soni ४ दिन अगाडि

निरुता सिंहलाई मानार्थ मिसेस नेपाल वर्ल्डको उपाधिबाट सम्मानित गरिने

काठमाडौं, १३ कात्तिक । अभिनेत्री निरुता सिंहलाई मानार्थ मिसेस नेपाल वर्ल्ड २०२६ को उपाधिबाट सम्मानित गरिने भएको छ।…

ByByanjana soni ४ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *