लोकतान्त्रिक महिला संघले समानुपातिक उम्मेदवार सिफारिस गरेको छ
By YOUTV Nepal
४ महिना अगाडि
Comments: 0
संघको केन्द्रीय कार्यालय, बबरमहल काठमाडौँबाट जारी पत्र अनुसार आगामी २०८२ माघ २९ मा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि महिलाहरूलाई समानुपातिक सूचीमा समावेश गर्न सिफारिस गरिएको हो।
पत्रमा पार्टी केन्द्रीय कार्यालयलाई सम्बोधन गर्दै विभिन्न जिल्ला, समुदाय र पृष्ठभूमिका महिलाहरूको नाम पठाइएको उल्लेख छ। समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न मधेसी, मुस्लिम, दलित र खस आर्य समुदायका महिलाहरूलाई प्राथमिकताका साथ सिफारिस गरिएको संघले जनाएको छ।
सिफारिस सूचीमा महोत्तरी, रूपन्देही, पश्चिम नवलपरासी, धनुषा, सल्यान, बारा, पर्सा र कैलाली जिल्लाका महिलाहरू समेटिएका छन्। संघले महिलाको राजनीतिक सहभागिता बलियो बनाउन यो कदम महत्वपूर्ण हुने विश्वास व्यक्त गरेको छ।
पत्रमा संघकी अध्यक्ष बिन्दु कुमारी ठाकुरको हस्ताक्षर रहेको छ।

जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि