• Home
  • समाचार
  • उज्यालो नेपाल पार्टी पर्साद्वारा बङ्गलादेशमा हिन्दुमाथि भएको हिंसाको कडा विरोध
Image

उज्यालो नेपाल पार्टी पर्साद्वारा बङ्गलादेशमा हिन्दुमाथि भएको हिंसाको कडा विरोध

वीरगंज – कुलमान घिसिङको संरक्षकत्वमा गठित उज्यालो नेपाल पार्टी पर्सा जिल्ला कार्यसमितिले बङ्गलादेशमा हिन्दु समुदायका व्यक्तिमाथि भएको क्रूर हिंसा तथा दमनको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ ।

पार्टीका पर्सा जिल्ला संयोजक रामबाबु यादवले शनिबार साँझ जारी गरेको विज्ञप्तिमा उक्त अमानवीय घटनामा संलग्न दोषीहरूलाई तत्काल कडा कारबाही गर्न माग गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, “बङ्गलादेशमा हालै हिन्दु युवकमाथि भएको बर्बर हिंसा र दमनले हामी सबैलाई स्तब्ध बनाएको छ । यस्ता घटनाले मानव अधिकार, मानवीय मर्यादा तथा सामाजिक सद्भावमाथि गहिरो आघात पुर्‍याएको छ । उज्यालो नेपाल पार्टी मानवतावाद, न्याय र समानताको पक्षमा दृढतापूर्वक उभिएको राजनीतिक शक्ति हो । कुनै पनि बहानामा हुने हिंसा, अन्याय वा दमनलाई हामी कुनै हालतमा स्वीकार गर्दैनौँ ।”

संयोजक यादवले पीडित परिवारप्रति गहिरो सहानुभूति व्यक्त गर्दै पार्टी पीडितहरूसँग ऐक्यबद्ध रहेको बताए । उनले दोषीमाथि निष्पक्ष छानबिन गरी कानुनी दायरामा ल्याई कडा सजाय दिन बङ्गलादेशका सम्बन्धित निकायसँग जोडदार माग गरे ।

उज्यालो नेपाल पार्टीले उक्त घटनालाई मानव सभ्यतामाथिको कलङ्कको रूपमा व्याख्या गर्दै विश्व समुदायको समेत ध्यानाकर्षण गराएको छ । साथै, पार्टीले नेपालमा सबै समुदायबीच आपसी सद्भाव, सहिष्णुता र सामाजिक एकता कायम राख्न आफू प्रतिबद्ध रहेको जनाएको छ ।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni ३ हप्ता अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *