• Home
  • समाचार
  • प्याब्सन पर्साद्वारा आयोजित आर्ट र हस्तलेखन प्रतियोगितामा लिटल एन्जल र साउथ जोन प्रथम
Image

प्याब्सन पर्साद्वारा आयोजित आर्ट र हस्तलेखन प्रतियोगितामा लिटल एन्जल र साउथ जोन प्रथम

वीरगञ्ज – निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पर्साद्वारा आयोजित हस्तलेखन तथा आर्ट प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ ।

प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरीको अध्यक्षतामा सम्पन्न प्रतियोगिताको उद्घाटन शिक्षा विकास तथा समन्वय इकाइ पर्साका प्रमुख मोती भट्टराईले गर्नुभएको थियो ।

२९ वटा विद्यालयका छात्र–छात्राको सहभागिता रहेको आर्ट प्रतियोगितामा लिटल एन्जल स्कुल प्रथम, एसआर ग्यालेक्सी स्कुल द्वितीय तथा द रोयल एकेडेमी तृतीय स्थान हासिल गर्न सफल भएका छन् । उक्त जानकारी प्याब्सन पर्साका सचिव अशोक सङ्ग्रौलाले दिनुभयो ।

त्यसैगरी २६ वटा विद्यालयको सहभागिता रहेको हस्तलेखन प्रतियोगितामा साउथ जोन माध्यमिक विद्यालय प्रथम, गौतम माध्यमिक विद्यालय द्वितीय र डिएभी स्कुल तृतीय भएका छन् ।

वीरगञ्जको आदर्शनगरस्थित राणीसती अतिथि सदनमा आयोजित प्रतियोगिताको उद्घाटन कार्यक्रममा प्याब्सनका केन्द्रीय उपाध्यक्ष किशोर गौतम, केन्द्रीय सदस्य थकिन कुमार गुरुङ तथा वीरगञ्ज महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख आनन्द लामिछानेलगायतले मन्तव्य राख्दै विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि यस्ता सिर्जनात्मक प्रतियोगिताहरू आवश्यक रहेको धारणा व्यक्त गरेका थिए ।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni ३ हप्ता अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *