• Home
  • जिवनशैली
  • महानगर पालिका भित्र रहेको खाद्यान्न पसल, अस्पताल , औसधि पसल, होटेल तथा रेस्टुरेन्ट लगायत का ठाउँ मा अनुगमन तिब्र
Image

महानगर पालिका भित्र रहेको खाद्यान्न पसल, अस्पताल , औसधि पसल, होटेल तथा रेस्टुरेन्ट लगायत का ठाउँ मा अनुगमन तिब्र

बिरगंज महानगर पालिका भित्र रहेको खाद्यान्न पसल, अस्पताल , औसधि पसल, होटेल तथा रेस्टुरेन्ट लगायत का ठाउँ मा अनुगमन तिब्र गतिमा गर्ने भनी वीरगंज महानगरपालिकाको बजार ब्यवस्थापन समितिको बैठक बसेको छ। बिरगंज महानगर पालिका का उप प्रमुख तथा बजार ब्यवस्थापन का संयोजक इम्तियाज आलम को संयोजकत्वमा बसेको बैठकले यस्तो निर्णयहरु गरेको छ । बिरगंज महानगर पालिका भित्र म्याद गुजरेको पेय पदार्थ खाद्यान्न बस्तु लगायत बिक्रीवितरण भैरहेको हुदा यस लाई रोकथाम गर्न अनुगमन आवशक रहेको उप प्रमुख इम्तियाज आलम ले निर्देशन दिनु भयो। यदि कसैले म्याद गुज्रिएको खाद्यान्न तथा पेय पदार्थ बिक्रीवितरण गर्ने भेटिएमा कानुन बमोजिम कार्वाही गर्ने निर्देशन दिनु भयो। बढ्दो गर्मीको कारण ले खाद्यान्न र पेय पदार्थ खराब हुने गरेको छ र तेहि बिग्रेको खाद्यान्न बजार मा बिक्रीवितरण भइरहेको हुदा बिरगंज नगर बासी हरुको स्वास्थ खराब न होस भनी अनुगमन अझै सख्त बनाउने र कडा रुप ले प्रस्तुत हुने बजार ब्यवस्थापन समितिका पदाधिकारीहरु लाई उप प्रमुख आलम ले निर्देशन दिनु भयो। उक्त बैठकमा बजारमा सर्व सधारणहरुले दैनिक रुपमा उपयोग गर्ने समाग्री तथा खदान्न , सेवा प्रदायक संस्थाहरुको अनुगमनलाई निरन्तरता दिने तथा अनुगमनको क्रममा लपारवाही गर्ने सेवा प्रदायक संस्थाहरुलाई एन अनुसार कार्यवाही गर्ने निर्णय समेत बैठक मा निर्णय गरिएको छ। बैठकमा वीरगंज महानगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका प्रसाद भट्टराई ,वीरगंज महानगर पालिकाका कार्य पालिका सदस्य कन्हैया ठाकुर ,वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक पुष्कर बोगोटी, ,वीरगंज महानगर पालिकाका अनुसन्धान अधिकृत विपिन कुमार लाल दास, जिल्ला ट्रफिक कार्यालयका भाष्कर खतिवडा,होटल व्यवसायी संघ पर्सा हरि पन्त,उपभोक्त हित संरक्षण मच्चका धिरज शर्मा,अजित भुजेल,वीरगंज महानगर पालिकाका पशु प्राविधिक संतोष ठाकुर, वीरगंज महानगर पालिकाका नगर प्रहरी निरिक्षक हरि प्रसाद भुसाल ,लगायत विभिन्न स्थानिय निकायको प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सो को जानकारी उप प्रमुख का प्रेस सल्लाहकार महमद सदाब दिनु भयो

Related Posts

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni २३ घण्टा अगाडि

स्मार्टेन, ह्युल्सा ग्रुपसहितको टोलीद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई २ लाख बराबरको राहत सामग्री वितरण

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण प्रभावित बनेका रसुवा र नुवाकोटका परिवारलाई लक्षित गर्दै राहत…

ByByanjana soni १ दिन अगाडि

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni ३ दिन अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni ३ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *