• Home
  • जिवनशैली
  • महानगर पालिका भित्र रहेको खाद्यान्न पसल, अस्पताल , औसधि पसल, होटेल तथा रेस्टुरेन्ट लगायत का ठाउँ मा अनुगमन तिब्र
Image

महानगर पालिका भित्र रहेको खाद्यान्न पसल, अस्पताल , औसधि पसल, होटेल तथा रेस्टुरेन्ट लगायत का ठाउँ मा अनुगमन तिब्र

बिरगंज महानगर पालिका भित्र रहेको खाद्यान्न पसल, अस्पताल , औसधि पसल, होटेल तथा रेस्टुरेन्ट लगायत का ठाउँ मा अनुगमन तिब्र गतिमा गर्ने भनी वीरगंज महानगरपालिकाको बजार ब्यवस्थापन समितिको बैठक बसेको छ। बिरगंज महानगर पालिका का उप प्रमुख तथा बजार ब्यवस्थापन का संयोजक इम्तियाज आलम को संयोजकत्वमा बसेको बैठकले यस्तो निर्णयहरु गरेको छ । बिरगंज महानगर पालिका भित्र म्याद गुजरेको पेय पदार्थ खाद्यान्न बस्तु लगायत बिक्रीवितरण भैरहेको हुदा यस लाई रोकथाम गर्न अनुगमन आवशक रहेको उप प्रमुख इम्तियाज आलम ले निर्देशन दिनु भयो। यदि कसैले म्याद गुज्रिएको खाद्यान्न तथा पेय पदार्थ बिक्रीवितरण गर्ने भेटिएमा कानुन बमोजिम कार्वाही गर्ने निर्देशन दिनु भयो। बढ्दो गर्मीको कारण ले खाद्यान्न र पेय पदार्थ खराब हुने गरेको छ र तेहि बिग्रेको खाद्यान्न बजार मा बिक्रीवितरण भइरहेको हुदा बिरगंज नगर बासी हरुको स्वास्थ खराब न होस भनी अनुगमन अझै सख्त बनाउने र कडा रुप ले प्रस्तुत हुने बजार ब्यवस्थापन समितिका पदाधिकारीहरु लाई उप प्रमुख आलम ले निर्देशन दिनु भयो। उक्त बैठकमा बजारमा सर्व सधारणहरुले दैनिक रुपमा उपयोग गर्ने समाग्री तथा खदान्न , सेवा प्रदायक संस्थाहरुको अनुगमनलाई निरन्तरता दिने तथा अनुगमनको क्रममा लपारवाही गर्ने सेवा प्रदायक संस्थाहरुलाई एन अनुसार कार्यवाही गर्ने निर्णय समेत बैठक मा निर्णय गरिएको छ। बैठकमा वीरगंज महानगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका प्रसाद भट्टराई ,वीरगंज महानगर पालिकाका कार्य पालिका सदस्य कन्हैया ठाकुर ,वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक पुष्कर बोगोटी, ,वीरगंज महानगर पालिकाका अनुसन्धान अधिकृत विपिन कुमार लाल दास, जिल्ला ट्रफिक कार्यालयका भाष्कर खतिवडा,होटल व्यवसायी संघ पर्सा हरि पन्त,उपभोक्त हित संरक्षण मच्चका धिरज शर्मा,अजित भुजेल,वीरगंज महानगर पालिकाका पशु प्राविधिक संतोष ठाकुर, वीरगंज महानगर पालिकाका नगर प्रहरी निरिक्षक हरि प्रसाद भुसाल ,लगायत विभिन्न स्थानिय निकायको प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सो को जानकारी उप प्रमुख का प्रेस सल्लाहकार महमद सदाब दिनु भयो

Related Posts

कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्य विजयी

काठमाडौं, ३० असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट खस आर्यतर्फ केन्द्रीय सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित भएका छन्। आचार्यले…

ByByanjana soni ५ दिन अगाडि

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni ६ दिन अगाडि

कांग्रेसको दलिततर्फ सहमहामन्त्रीमा प्रकाश रसाईली स्नेही अगाडि

काठमाडौं, २८ असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दलिततर्फको मतगणनामा सहमहामन्त्रीमा प्रकाश रसाईली स्नेही, दलित महिला केन्द्रीय सदस्यमा…

ByByanjana soni १ हप्ता अगाडि

सुदूरपश्चिमका एमाले सांसद थापाले पदबाट राजीनामा

धनगढी, २८ असोज । पूर्वमन्त्रीसमेत रहेका एमाले सांसद वीरबहादुर थापाले पदबाट राजीनामा दिएका छन्। सुदूरपश्चिम प्रदेश सांसद थापाले…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *