Trending

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक प्रज्ञा भवन कमलादीमा शुक्रबार बस्दै

1.3kViews
0 Shares

काठमाडौं । माघ २७ गते
शुक्रबार नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक प्रज्ञा भवन कमलादीमा बस्ने भएको छ । माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले केन्द्रीय समितिको बैठक बिहान ११ बजे प्रज्ञा भवन कमलादीमा बस्ने जानकारी दिनु भएको छ । दुई दिनसम्म चल्ने बैठकमा केन्द्रीय समितिलाई पूर्णता, पदाधिकारी चयनका साथै स्थानीय तह निर्वाचन, एमसीसी परियोजना लगायतका विषयमा छलफल हुने सचिव ढकालले बताउनु भएको छ । गत पुसमा आठौं महाधिवेशन सम्पन्न गरे पनि माओवादीले अध्यक्षबाहेक अन्य पदाधिकारी चयन गर्न सकेको छैन ।

गत पुस ११ गतेदेखि १८ गतेसम्म काठमाडौंमा आयोजित आठौं महाधिवेशन २३६ जना केन्द्रीय सदस्य चयन गर्दै सकिएको थियो । ती केन्द्रीय सदस्यहरुको पहिलो बैठकले अध्यक्षमा प्रचण्डलाई नै निरन्तरता दिने निर्णय गरेको थियो ।महाधिवेशनबाट अनुमोदित विधानमा २९९ केन्द्रीय सदस्य हुने भनिए पनि माओवादीले ६३ जना केन्द्रीय सदस्यहरु मनोनित गर्न बाँकी छ ।बिहीबार बस्ने केन्द्रीय समितिको बैठकबाट बाँकी केन्द्रीय सदस्यहरुको मनोनयन, पोलिटब्युरो, स्थायी समिति र पदाधिकारी चयन गर्ने तयारी छ । विधान अनुसार पदाधिकारीमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक जना महासचिव, दुई जना उपमहासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्ष रहनेछन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय