Image

आइसीसी क्रिकेट विश्वकप : अफगानिस्तानमाथि दक्षिण अफ्रिकाको जित
काठमाडौँ । दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको छ । जारी आइसीसी क्रिकेट विश्वकप अन्तर्गतको खेलमा अफगानिस्तानले दिएको २४५ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले ४७.३ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले ५० ओभरमा अल आउट हुदै २४४ रन बनाएको थियो ।योसँगै दक्षिण अफ्रिकाले यस विश्वकपमा सातौं जित हासिल गरेको छ । ९ खेलमा १४ अंक हासिल गरेको दक्षिण अफ्रिका अंक तालिकामा दोस्रो स्थानमा रहेको छ ।

दक्षिण अफ्रिकाले यसअघि नै सेमिफाइनलमा स्थान बनाइसकेको छ भने सेमिफाइनलमा अस्ट्रेलियासँग खेल्ने पनि तय भइसकेको छ ।त्यस्तै अफगानिस्तान यो हारसँगै विश्वकपबाट बाहिरिएको छ । अफगानिस्तानले यस विश्वकपका ९ खेलमा ४ जित हासिल गर्यो भने ५ खेलमा हार बेहोरेको छ ।

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj १ दिन अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ७ दिन अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ४ हप्ता अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj ४ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *