काठमाडौं । माघ २५ गते
गण्डकी प्रदेशमा धेरै सम्भावनाको खानी रहेको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले बताउनु भएको छ । पोखरेलले गण्डकी प्रदेशको सम्भवनालाई पहिचान गरी सरकारले समृद्ध प्रदेश निर्माणका योजना तय गरेको बताउनु भएको छ ।उहाँले प्रदेशमा क्यान्सर अस्पताल निर्माण, सुस्तात्रिवेणीबाट मुस्ताङसम्मको द्रुतमार्ग निर्माण, महिलाहरूको पाठेघर निःशुल्क उपचार, कोभिडपीडितलाई राहतका कार्यक्रम, सबै जिल्ला अस्पतालको स्तरोन्नति, मुख्य सडकको स्तरोन्नतिजस्ता विषयलाई प्राथमिकतामा राखेर आगामी वर्षको बजेटमार्फत काम गर्ने सोचमा रहेको बताउनु भएको छ ।
चालु वर्ष प्रदेश सरकारले हतारमा बजेट ल्याउनुपर्दा कतिपय जनताका माग सम्बोधन गर्न नसक्नु आफ्नो बाध्यता रहेको उहाँर स्वीकारर्नु भएको छ । मुख्यमन्त्री पोखरेलले अघिल्लो सरकारले बोलपत्र गरेका योजनामा आफ्नो सरकारले बजेट हाल्नुपर्दा सोचअनुरुपका योजना अधुरा रहेको चर्चा गर्नु भएको थियो । केन्द्र सरकारसँग रु ५० अर्ब बजेट मागेको बताउँदै जानकारी गराउँदै उनले केन्द्र सरकारले प्रदेशको अनुरोध मानेर बजेट विनियोजन गर्ने आशा व्यक्त गर्नु भएको थियो














