• Home
  • ताजा समाचार
  • पूर्वप्रधानन्यायाधीश शर्माको निधनको शोकमा आज देशभरका अदालत बन्द
Image

पूर्वप्रधानन्यायाधीश शर्माको निधनको शोकमा आज देशभरका अदालत बन्द

काठमाडौं । माघ ९ गते
आज देशभरका अदालत बन्द हुने भएका छन्। पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनको शोकमा देशभरका अदालत बन्द गरिएका हुन ।पूर्वप्रधानन्यायाधीश शर्माको माघ ५ गते निधन भएको थियो। उहाँको शनिबार अन्त्यष्टि गरिएको छ।पूर्वप्रधानन्यायाधीश शर्माको ८८ वर्षको उमेरमा निधन भएको थियो।

उहाँले २०१६ सालमा सरकारी सेवामा प्रवेश गर्नु भउको थियो भने २०५४ चैतदेखि २०५६ मंसिर ३० गतेसम्म प्रधानन्यायाधीश रहनु भएको थियो । सर्वोच्च अदालतको शनिबार बसेको आकस्मिक पूर्ण बैठकले शोक प्रस्ताव पारित गरी शर्माको निधनमा देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको हो।सर्वोच्चको निर्णयअनुसार, आज सर्वोच्च अदालतसहित देशभरका उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत एवं अन्य अदालत र न्यायाधीकरण बन्द रहने भएका छन्।

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ हप्ता अगाडि

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal २ हप्ता अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ हप्ता अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni १ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *