• Home
  • गण्डकी प्रदेश
  • मर्स्याङ्दी गाउँपालिकामा रैथाने खाद्यान्नमा आधारित विद्यालय दिवा खाजा सञ्चालन
Image

मर्स्याङ्दी गाउँपालिकामा रैथाने खाद्यान्नमा आधारित विद्यालय दिवा खाजा सञ्चालन

लमजुङ, ३० जेठ । लमजुङको मर्स्याङदी गाउँपालिकाले स्थानीय कृषि उपजमा आधारित विद्यालय दिवा खाजा कार्यक्रम सञ्चालन गरेको छ ।गाउँपालिकाको कृषि शाखाले जैविक विविधता सरंक्षण कार्यक्रमअन्तर्गत रैथाने खाद्यन्नमा आधारित दिवा खाजा कार्यक्रम सञ्चालन गरेको हो । 

चालु आर्थिक वर्ष ०७९/०८० को सर्सत कार्यक्रम अन्र्तगत जेठ १ गतेबाट पालिकाभित्रका ९ वटा सामुदायिक माध्यमिक विद्यालयहरुमा दिवा खाजा कार्यक्रम सञ्चालन गरिएको कृषि अधिकृत रुकमिनी खत्रीले वताए । उनका अनुसार उक्त कार्यक्रम असार महिनाभर सञ्चालन हुनेछ । 

कार्यक्रम अन्र्तगत शाखाले नौवटा विद्यालयका कक्षा ७, ८, ९ र १० का करिव ८ सय ९८ जना विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्दै आएको छ ।  स्थानीय किसानले स्थानीय स्तरमै उत्पादन गरेको कृषि उपज  तथा रैथान बालीहरु कोदो, फापर, भट्मास, लोकल बोडी, मकै लगायतबाट बनेका परिकार नै दिवा खाजाको रुपमा प्रयोगमा ल्याइएको छ ।  

रैथाने बालीको प्रवर्द्धन, बालबालिकाको खाद्य, पोषण र सुरक्षामा सहयोग पुग्ने उदेश्यले जैविक विविधता संरक्षण कार्यक्रम अन्र्तगत विद्यालय दिवा खाजा कार्यक्रम सञ्चालन गरिएको  हो । 

कुल १५ लाख बजेटको उक्त कार्यक्रममा दिवा खाजाका लागि मात्र ४ लाख ४ हजार १ सय बजेट रहेको छ ।

Related Posts

लायन्स ३२५ पीको नेतृत्व कसौधनलाई, मीना पन्थी र अर्चित श्रेष्ठ पनि निर्वाचित

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पीको गभर्नरमा सन्दीप कसौधन सर्वसम्मत निर्वाचित हुनुभएको छ। बुटवलमा शनिवार सम्पन्न निर्वाचनबाट उहाँ…

ByByanjana soni ३ महिना अगाडि

लोकतान्त्रिक महिला संघले समानुपातिक उम्मेदवार सिफारिस गरेको छ

  संघको केन्द्रीय कार्यालय, बबरमहल काठमाडौँबाट जारी पत्र अनुसार आगामी २०८२ माघ २९ मा हुने प्रतिनिधि सभाको निर्वाचनका…

ByByYOUTV Nepal ७ महिना अगाडि

रुपन्देही डान्स स्टार चौथो संस्करणको फाईनल राउण्डमा २० प्रतियोगीहरु पुगे

  बुटवल,  मंसिर । नेपाली कला, संस्कृतिको संरक्षण गर्दै युवा कलाकार उत्पादन गर्ने उदेश्यका साथ जारी रुपन्देही डान्स…

ByByYOUTV Nepal २ वर्ष अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *