Trending

मर्स्याङ्दी गाउँपालिकामा रैथाने खाद्यान्नमा आधारित विद्यालय दिवा खाजा सञ्चालन

235Views
0 Shares

लमजुङ, ३० जेठ । लमजुङको मर्स्याङदी गाउँपालिकाले स्थानीय कृषि उपजमा आधारित विद्यालय दिवा खाजा कार्यक्रम सञ्चालन गरेको छ ।गाउँपालिकाको कृषि शाखाले जैविक विविधता सरंक्षण कार्यक्रमअन्तर्गत रैथाने खाद्यन्नमा आधारित दिवा खाजा कार्यक्रम सञ्चालन गरेको हो । 

चालु आर्थिक वर्ष ०७९/०८० को सर्सत कार्यक्रम अन्र्तगत जेठ १ गतेबाट पालिकाभित्रका ९ वटा सामुदायिक माध्यमिक विद्यालयहरुमा दिवा खाजा कार्यक्रम सञ्चालन गरिएको कृषि अधिकृत रुकमिनी खत्रीले वताए । उनका अनुसार उक्त कार्यक्रम असार महिनाभर सञ्चालन हुनेछ । 

कार्यक्रम अन्र्तगत शाखाले नौवटा विद्यालयका कक्षा ७, ८, ९ र १० का करिव ८ सय ९८ जना विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्दै आएको छ ।  स्थानीय किसानले स्थानीय स्तरमै उत्पादन गरेको कृषि उपज  तथा रैथान बालीहरु कोदो, फापर, भट्मास, लोकल बोडी, मकै लगायतबाट बनेका परिकार नै दिवा खाजाको रुपमा प्रयोगमा ल्याइएको छ ।  

रैथाने बालीको प्रवर्द्धन, बालबालिकाको खाद्य, पोषण र सुरक्षामा सहयोग पुग्ने उदेश्यले जैविक विविधता संरक्षण कार्यक्रम अन्र्तगत विद्यालय दिवा खाजा कार्यक्रम सञ्चालन गरिएको  हो । 

कुल १५ लाख बजेटको उक्त कार्यक्रममा दिवा खाजाका लागि मात्र ४ लाख ४ हजार १ सय बजेट रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
24°
Clear
5:39 am6:51 pm +0545
Feels like: 24°C
Wind: 6km/h NNW
Humidity: 38%
Pressure: 1004.4mbar
UV index: 0
5 am6 am7 am8 am9 am
23°C
24°C
27°C
31°C
34°C
TueWedThuFriSat
41°C / 21°C
39°C / 19°C
37°C / 19°C
39°C / 21°C
40°C / 22°C

प्रिय न्युज


लोकप्रिय