Trending

प्रधानमन्त्री प्रचण्ड आज खप्तड जाँदै, बाबा रामदेवले योगा सिकाउने

335Views
0 Shares

काठमाडौं, २३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज प्रसिद्ध धार्मिक पर्यटकीय स्थल खप्तड जाँदैछन् । 

खप्तडमा आज देखी सुरु हुने तीन दिने खप्तड आध्यात्मिक सम्मेलनको उदघाटनका लागि प्रधानमन्त्री प्रचण्ड आज खप्तड जान लागेका हुन । 

सो सम्मेलनमा बिश्व प्रसिद्ध योग गोरु रामदेव,  पतञ्जली योगपीठका महामन्त्री आचार्य बालकृष्ण, चतरामा बस्दैँ आएका महायोगी जगत्गुरु शिद्धबाबा कृष्णदास महाराजलगायतको उपस्थिति रहने छ ।

सम्मेलनको पहिलो दिन बाबा रामदेव र त्यसपछिका दुई दिन आचार्य बालकृष्णले योगा गराउने कार्यक्रम रहेको छ भने 

साे सम्मेलनमा सुदूरपश्चिमका लोकप्रिय सांस्कृतिक झाँकीहरू भुँवा, हुडक्यौली, गौरा, देउडा, पुतला नाचलगायतका प्रस्तुत गरिनेछ ।

डोटी, अछाम, बझाङ र बाजुरा जिल्लाले घेरिएको खप्तड क्षेत्र धार्मिक तथा बहुमूल्य जडीबुटीका लागि प्रख्यात छ। २२ पाटन, २५ मैदान र ५२ वटा थुम्काले भरिपूर्ण एवं जैविक विविधताको फूलबारी खप्तडमा सयौँ प्रजाति चरा, ३७२ प्रजातिका वनस्पति र १३० थरीका जडीबुटी पाइन्छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
29°
Clear
5:28 am7:01 pm +0545
Feels like: 29°C
Wind: 6km/h E
Humidity: 45%
Pressure: 1008.13mbar
UV index: 0
12 am1 am2 am3 am4 am
27°C
27°C
26°C
26°C
25°C
ThuFriSatSunMon
42°C / 25°C
43°C / 26°C
43°C / 28°C
42°C / 28°C
42°C / 28°C

प्रिय न्युज


लोकप्रिय