सृजना सामुदायिक बिकाश केन्द्र चोहर्वा आदित्य स्मृति सिराहा जिल्ला फुटबल लिग प्रतियोगिताको बिजेता बन्न सफल भए ।
By YOUTV
४ वर्ष अगाडि
Comments: 0
सिराहा पौष २७ गते
पौष ९ गते देखि सिराहा जिल्लाको खेल मैदानमा भै रहेको आदित्य स्मृति सिराहा जिल्ला फुटबल लिग प्रतियोगिताको फाइनल खेल सृजना सामुदायिक बिकाश केन्द्र चोहर्वा र श्लेष युवा क्ल्ब सिराहा बिच भएको थियोे ।
फाईनल खेलमा मध्यान्तर सम्म दुबै टिमले गोल गर्ने निकै अवसर पाए पनि अवसरको सदुपयोग गर्न भने दुबै टिम सफल हुन सकेन मध्यान्तरको खेल सुरु भएको १२ औं मिनेटमा सृजना सामुदायिक बिकाश केन्द्र चोहर्वाका जर्सी नम्बर ११ का खेलाडी सुरेन्द्र चौधरी (भिमा) ले डि बक्स बाहिर पाएको बललाई निकै नै उत्कृष्ट ढंगले गोल पोस्टको सेकेन्ड बारमा हान्दा श्लेष युवा क्ल्ब सिराहाका गोलकिपरले सो बललाई बचाउन असफल भए सोही एक गोलका कारण श्लेष युवा क्ल्ब सिराहा आदित्य स्मृति सिराहा जिल्ला फुटबल लिग प्रतियोगितामा दोस्रो स्थानमै चित बुझाउन बाध्य भए ।
सोही गोलका कारण सृजना सामुदायिक बिकाश केन्द्र चोहर्वा आदित्य स्मृति सिराहा जिल्ला फुटबल लिग प्रतियोगिताको बिजेता बन्न सफल भए ।
सृजना सामुदायिक बिकाश केन्द्र चोहर्वाका पुर्व क्याप्टेन,फुटबल प्रेमी,समाजसेवी ज्ञान कुमार श्रेष्ठ भन्छन हाम्रो टिमको नामले नै विपक्षी टिमको खेलाडीहरुमा एक किसिमको प्रेसर परि सकेको हुन्छ आज भन्दा २५ बर्ष पहिले जब हामी फुटबल खेल थियौ हाम्रो टिमलाई हराउन विपक्षी टिमले एक पटक सोच्नु पर्थ्यो ।
सोही अनुरुप आज हाम्रो खेलाडी भाईहरुले मिहिनेतका साथ खेल खेली आज पनि सृजना सामुदायिक बिकाश केन्द्र चोहर्वाको नाम राख्न सफल भएकोमा खुशी व्यक्त गरे ।
सृजना सामुदायिक बिकाश केन्द्र चोहर्वाका टिम कोच निषेश श्रेष्ठ भन्छ्न खेलको पहिलो हापमा हाम्रो खेलाडीहरुले खेल राम्रो संग खेल्न सकिरहेका थिएन तर पनि विपक्षी टिमलाई पहिलो हाप सम्म रोक्न भने सफल भए ।
तर दोस्रो हाप देखि हाम्रो खेलाडी भाइहरु आफ्नो पुरानै लय र फर्ममा खेल खेल्न लागे सोही मिहिनेतको नतिजा केहि मिनेटमै हामीले १ गोलको अग्रता कायम गर्न सफल भयौ र यस प्रतियोगिताको बिजेता बन्यौ ।
अबको हाम्रो लक्ष्य भनेको प्रदेश लिग जित्नु नै हो अबको केही दिनमै प्रदेश लिगको तयारीको लागि हाम्रो खेलाडीहरु बन्द प्रशिक्षण रहने समेत कोच श्रेष्ठले जानकारी गराए।
सृजना सामुदायिक बिकाश केन्द्र चोहर्वाका टिम म्यानेजर बिक्रम श्रेष्ठ भन्छ्न आज हाम्रो केटाहरुले उत्कृष्ट खेल प्रदर्शन गरेर टिमलाई बिजयी बनाउन सफल भए यस्तै मिहिनेतका साथ उत्कृष्ट प्रदर्सन गरि प्रदेशमा पनि सृजना सामुदायिक बिकाश केन्द्र चोहर्वा सिराहालाई बिजयी बनाउनु ।
पौष ९ गते देखि शुरु भै २७ गते फाईनल भएको आदित्य स्मृति सिराहा जिल्ला फुटबल लिग प्रतियोगितामा सिराहा जिल्लाका ८ टिमको सहभागीता रहेकोे र लिग नकआउटको आधारमा खेल खेलाईएको जानकारी प्रदेश २ एन्फा सिराहाका सदस्य दिनेश श्रेष्ठले गराए ।
आदित्य स्मृति सिराहा जिल्ला फुटबल लिग प्रतियोगिताको समापन समारोहका प्रमुख अथिति अखिल नेपाल फुटबल संघका केन्द्रिय अध्यक्ष कर्मा छिरिङ शेर्पा,कार्यक्रमको अध्यक्षता सिराहा जिल्ला फुटबल संघका अध्यक्ष अरुण कुमार साह,विशिष्ट अतिथी प्रदेश २ का कानुन न्याय तथा प्रदेश मामिला मन्त्री प्रमोद कुमार यादव,सिराहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी लगायत अन्य अतिथीहरुको उपस्थिति समेत रहेको थियो ।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि