Trending

भारोत्तोलन टोली आज दक्षिण कोरिया प्रस्थान गर्दै

1.1kViews
0 Shares

काठमाडौं, २५ बैशाख । एसियाली भारोत्तोलन च्याम्पियनसिपमा सहभागी हुन एक खेलाडीसहित ३ सदस्यीय नेपाली टोली आज दक्षिण कोरिया प्रस्थान गर्दै छ । गत मे ३ देखि जारी र मे १३ तारिखसम्म हुने प्रतियोगितामामा सहभागी हुनका लागि सागर भण्डारी कोरियाको जेन्जु जान लागेका हुन् ।

उनले कोरियामाा पुरुष १०९ केजी माथि तौल समूहसँग प्रतिस्पर्धा गर्ने छन् । पेरिस ओलम्पिकका लागि छात्र वृत्ति प्राप्त सागर १३ औं दक्षिण एसियाली खेलकुदका रजत विजेतासमेत हुन् । सागरले मे १३ तारिखमा प्रतिस्पर्धा गर्ने छन् ।

 सो प्रतियोगितालाई पेरिस ओलम्पिक छनोटका रूपमा समेत हेरिएको छ । खेलाडी भण्डारीको साथमा उनका प्रशिक्षक जीवन गौतम तथा व्यवस्थापकमा रामसुन्दर श्रेष्ठ टोलीमा रहने छन् ।टोलीलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ र नेपाल भारोत्तोलन संघका अध्यक्ष राम श्रेष्ठलगायतले एक कार्यक्रमबीच बिदाइ गरेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय