लोकतन्त्र खोसिएको अवस्थामा कर्मचारी सङ्कट मोचनमा अग्रसर भएको एमालेका अध्यक्ष ओलीको भनाई
By YOUTV
४ वर्ष अगाडि
Comments: 0
काठमाडौं । पुष २६ गते
भ्रष्टाचारलाई घृणा गर्न राष्ट्रसेवक कर्मचारीलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आग्रह गर्नु भएको छ । झापाको भद्रपुर–१० चन्द्रगढीस्थित शहीद मनोज झपेन्द्र स्मृति सामुदायिक राष्ट्रसेवक भवनको आइतबार उद्घाटन गर्दै अध्यक्ष ओलीले भ्रष्टाचारीलाई घृणा गर्न आग्रह गर्नु भएको हो । उहाँले देशको गरिमा उच्च पार्न र मुलुकलाई विकसित बनाउनका लागि भ्रष्टाचारलाई जरैदेखि हटाउन आवश्यक रहेकाले भ्रष्टाचारलाई घृणा गर्नु आग्रह गर्नु भएको थियो । ढिलासुस्ती नगरेर जनताको मन जित्नेगरी काम गर्न उहाँले अपिल गर्नु भएको थियो ।
अध्यक्ष ओलीले मानिस कुनै न कुनै राजनीतिक विचारबाट प्रेरित हुने गरेको भन्दै कर्मचारी पनि त्यसबाट भिन्न नरहेको उल्लेख गर्नु भएको थियो । उहाँले काम गर्ने बेलामा कर्मचारीले निरपेक्ष भएर जनताको काम गर्नुपर्ने र कर्मचारी संयन्त्र जनताको सेवा गर्ने संयन्त्र भएको जिकिर गर्नु भएको थियो । अध्यक्ष ओलीले राजनीतिक परिवर्तनमा कर्मचारीको योगदान उच्च रहेको उल्लेख गर्दै
लोकतन्त्र खोसिएको अवस्थामा कर्मचारी सङ्कट मोचनमा अग्रसर भएको बताउनु भएको थियो । कर्मचारीको हकहितका लागि लोकतान्त्रिक मान्यतालाई संरक्षण र सम्बद्र्धन गर्दै अघि बढ्नुपर्नेमा जोड अध्यक्ष ओलीले दिनु भएको थियो । चुनावमा निष्पक्ष रुपमा काम गर्न राष्ट्रसेवक कर्मचारीलाई उहाँले आग्रह समेत गर्नु भएको थियो ।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि