• Home
  • ताजा समाचार
  • पोखरा विमानस्थल उद्घाटनको फेसन रनवेमा मिस नेपाल प्रियंकाको जादू
Image

पोखरा विमानस्थल उद्घाटनको फेसन रनवेमा मिस नेपाल प्रियंकाको जादू

काठमाडौं  पुष १८

अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि ५० वर्षदेखिको पोखरेली सपना पूरा भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अंग्रेजी नयाँवर्षमा आइतबार विमानस्थल उद्घाटन गरे ।

उक्त अवसरमा भव्य सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियो, जहाँ सांस्कृतिक झाँकी समेत प्रस्तुत गरियो । विमानस्थल परिसरमै र्‍याम्प फेसन रनवे पनि गरियो । फेसन शोमा मिस नेपाल प्रियंकारानी जोशीदेखि मोडलसम्मले र्‍याम्प नापे ।

मिस नेपाल प्रियंका नेपाल नागरिक उड्डयन प्राधिकरणकी व्यावसायिक दूत समेत हुन् । उनलाई गत साता प्राधिकरणले दूतमा नियुक्त गरेको थियो । उनलाई विमानस्थलको पर्यटन प्रवद्र्धनमा भूमिका खेल्नेदेखि मिस वर्ल्डमा पोखरा विमानस्थलको दृश्य समेट्ने जिम्मा दिइएको छ ।

फेसन रनवेमा प्रियंकालाई शो स्टपरको रुपमा प्रस्तुत गरियो, जहाँ उनले आकर्षक पहिरनमा आफूलाई प्रस्तुत गरिन् । प्रियंकाको पुख्र्यौली तथा मामाघर पनि पोखरा नै हो ।प्रियंका यतिबेला विश्वसुन्दरी प्रतियोगिताको तयारीमा छिन् । यसबाहेक उनी सरकारी निकाय तथा विभिन्न ब्राण्डको दूत समेत हुन् ।

Related Posts

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni २ हप्ता अगाडि

सामाजिक सञ्जालमा आपत्तिजनक गतिविधि गरेको आरोपमा ‘झापाली’ भनिने मनीष पाण्डे पक्राउ

काँकडभिट्टा । सामाजिक सञ्जालमा विवादास्पद तथा आपत्तिजनक गतिविधि गरेको आरोपमा ‘झापाली’ नामले चिनिने मनीष पाण्डे पक्राउ परेका छन्।…

ByByanjana soni २ हप्ता अगाडि

‎शान्तिकुञ्जबाट तीन ज्योति कलश रथ रवाना, ५० भन्दा बढी जिल्लामा जनजागरण अभियान

रौतहट २५ असोज । गायत्री परिवारकी संस्थापिका माता भगवती देवी शर्माको जन्मशताब्दी समारोहलाई जनस्तरसम्म पुर्‍याउने उद्देश्यले भारतको हरिद्वारस्थित…

ByByanjana soni ३ हप्ता अगाडि

गौशालामा नवदुर्गा महोत्सव २०८३ आयोजना हुँदै, घटस्थापनाको दिन भव्य कलश यात्रा

  काठमाडौं। श्री माँ भवानी दुर्गा पूजा तथा हिन्दू संस्कृति परिषद्ले यस वर्ष पनि नवदुर्गा महोत्सव २०८३ आयोजना…

ByByanjana soni ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *