• Home
  • ताजा समाचार
  • पोखरा विमानस्थल उद्घाटनको फेसन रनवेमा मिस नेपाल प्रियंकाको जादू
Image

पोखरा विमानस्थल उद्घाटनको फेसन रनवेमा मिस नेपाल प्रियंकाको जादू

काठमाडौं  पुष १८

अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि ५० वर्षदेखिको पोखरेली सपना पूरा भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अंग्रेजी नयाँवर्षमा आइतबार विमानस्थल उद्घाटन गरे ।

उक्त अवसरमा भव्य सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियो, जहाँ सांस्कृतिक झाँकी समेत प्रस्तुत गरियो । विमानस्थल परिसरमै र्‍याम्प फेसन रनवे पनि गरियो । फेसन शोमा मिस नेपाल प्रियंकारानी जोशीदेखि मोडलसम्मले र्‍याम्प नापे ।

मिस नेपाल प्रियंका नेपाल नागरिक उड्डयन प्राधिकरणकी व्यावसायिक दूत समेत हुन् । उनलाई गत साता प्राधिकरणले दूतमा नियुक्त गरेको थियो । उनलाई विमानस्थलको पर्यटन प्रवद्र्धनमा भूमिका खेल्नेदेखि मिस वर्ल्डमा पोखरा विमानस्थलको दृश्य समेट्ने जिम्मा दिइएको छ ।

फेसन रनवेमा प्रियंकालाई शो स्टपरको रुपमा प्रस्तुत गरियो, जहाँ उनले आकर्षक पहिरनमा आफूलाई प्रस्तुत गरिन् । प्रियंकाको पुख्र्यौली तथा मामाघर पनि पोखरा नै हो ।प्रियंका यतिबेला विश्वसुन्दरी प्रतियोगिताको तयारीमा छिन् । यसबाहेक उनी सरकारी निकाय तथा विभिन्न ब्राण्डको दूत समेत हुन् ।

Related Posts

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal २ दिन अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ३ हप्ता अगाडि

मिडियादेखि मोडलिङसम्म: साक्षी लम्सालको बहुआयामिक यात्रा, नेपाली युवापुस्ताकी प्रेरणा

  काठमाडौं । नेपाली सञ्चार तथा मनोरञ्जन क्षेत्रमा परिचित नाम बनेकी साक्षी लम्सालले पत्रकारिता, टेलिभिजन प्रस्तुति र मोडलिङमार्फत…

ByByanjana soni १ महिना अगाडि

एन्कर पावर हंगामा २०२६ का विजेताहरू घोषणा, बम्पर उपहारमा ‘डोङफेङ नाम्मी बक्स’ कार हस्तान्तरण

  काठमाडौं । नेपालमा चार्जिङ तथा अडियो प्रविधिका अग्रणी ब्रान्ड एन्कर (Anker) र साउन्डकोर (Soundcore) ले आफ्नो बहुप्रतीक्षित…

ByByanjana soni १ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *