• Home
  • ताजा समाचार
  • सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा ५ दिनभित्र तयार पारिने
Image

सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा ५ दिनभित्र तयार पारिने

काठमाण्डौ  पुस १४

सत्ता गठबन्धनको आज बसेको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पाँच दिनभित्र तयार पार्ने निर्णय गरेको छ । 

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलका अध्यक्षहरुको बैठकले न्यूनतम साझा कार्यक्रमको मस्यौदा पाँच दिन भित्र तयार पार्ने निर्णय गरेको हो । मस्यौदाका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा समिति बन्ने भएको छ । आज बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष ओली, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवी लामिछाने सहभागी हुनुहुन्थ्यो ।

बैठकमा मन्त्रिपरिषद् विस्तारबारे पनि छलफल भएको छ । प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै छलफल र सम्वाद तीब्र पारेका प्रचण्डले विश्वासको मत लिएपछि मात्रै मन्त्रिमण्डल विस्तार गर्ने तयारी गर्नुभएको छ ।

Related Posts

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni १५ घण्टा अगाडि

स्मार्टेन, ह्युल्सा ग्रुपसहितको टोलीद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई २ लाख बराबरको राहत सामग्री वितरण

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण प्रभावित बनेका रसुवा र नुवाकोटका परिवारलाई लक्षित गर्दै राहत…

ByByanjana soni १९ घण्टा अगाडि

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni ३ दिन अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni ३ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *