• Home
  • ताजा समाचार
  • सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा ५ दिनभित्र तयार पारिने
Image

सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा ५ दिनभित्र तयार पारिने

काठमाण्डौ  पुस १४

सत्ता गठबन्धनको आज बसेको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पाँच दिनभित्र तयार पार्ने निर्णय गरेको छ । 

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलका अध्यक्षहरुको बैठकले न्यूनतम साझा कार्यक्रमको मस्यौदा पाँच दिन भित्र तयार पार्ने निर्णय गरेको हो । मस्यौदाका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा समिति बन्ने भएको छ । आज बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष ओली, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवी लामिछाने सहभागी हुनुहुन्थ्यो ।

बैठकमा मन्त्रिपरिषद् विस्तारबारे पनि छलफल भएको छ । प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै छलफल र सम्वाद तीब्र पारेका प्रचण्डले विश्वासको मत लिएपछि मात्रै मन्त्रिमण्डल विस्तार गर्ने तयारी गर्नुभएको छ ।

Related Posts

कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्य विजयी

काठमाडौं, ३० असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट खस आर्यतर्फ केन्द्रीय सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित भएका छन्। आचार्यले…

ByByanjana soni १ हप्ता अगाडि

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni १ हप्ता अगाडि

कांग्रेसको दलिततर्फ सहमहामन्त्रीमा प्रकाश रसाईली स्नेही अगाडि

काठमाडौं, २८ असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दलिततर्फको मतगणनामा सहमहामन्त्रीमा प्रकाश रसाईली स्नेही, दलित महिला केन्द्रीय सदस्यमा…

ByByanjana soni २ हप्ता अगाडि

सुदूरपश्चिमका एमाले सांसद थापाले पदबाट राजीनामा

धनगढी, २८ असोज । पूर्वमन्त्रीसमेत रहेका एमाले सांसद वीरबहादुर थापाले पदबाट राजीनामा दिएका छन्। सुदूरपश्चिम प्रदेश सांसद थापाले…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *